मेचीनगरमा सूचनाको हक समिति

  प्रकाशित मिति
२३ माघ २०७६, बिहीबार २०:००


काँकरभिट्टा । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल विस्तारको क्रममा विहीवार मेचीनगर स्तरीय समिति गठन गरिएको छ ।

सूचनाको हककी अभियन्ता इश्वरा तिवारीको उपस्थितिमा मेचीनगरको इटाभट्टामा आयोजित छलफलले छलबहादुर (सीवी) सारु मगरको संयोजकत्वमा मेचीनगर स्तरीय प्रारम्भिक समिति चयन गरेको हो ।

जसका सदस्यहरुमा रुपसागर अधिकारी, कञ्चन बराल, होमनाथ प्रसाई, इन्द्र सुब्बा, सुवास तिम्सिना, अर्जुन लिम्वु, सन्तोष राई, पुष्प अर्याल र प्रतापसिंह रुम्वा छन् ।

संयोजक सारुका अनुसार समितिको आगामी बैठकले मेचीनगरका १५ वटै वडालाई समेट्न सदस्य विस्तार गरिनेछ ।

यसअघि झापाको हल्दिबारी गाउँपालिकामा यामकान्त निरौलाको संयोजकत्वमा १५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरिएको थियो ।

जिल्लाका १५ वटै स्थानीय तहमा समिति गठनगरी स्थानीय सरकारका गतिविधिलाई खबरदारी गरिने अभियन्ता तिवारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: