मेचीनगरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

  प्रकाशित मिति
२ जेष्ठ २०७९, सोमबार १९:३७


मेचीनगर, २ जेठ । हात्तीको आक्रमणबाट मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउसो ३ः३० बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्रमण गरेर सख्त घाइते बनाएको थियो ।

उनलाई तत्काल उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही वडाकी ३८ वर्षीया वसन्ती दनुवारलाई पनि सोमबारै दिउसो १ बजे स्थानीय थोप्ले बिरान सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीको आक्रमणमा परेकी थिइन् ।

पेट र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड लगिएको छ । शनिबार राति भारतबाट १५ वटा छावासहित हात्ती बाहुनडाँगी पसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: