मेचीनगरमा १ अर्ब ९ करोडको बजेट आउँदै

  प्रकाशित मिति
२० असार २०७५, बुधबार ११:५४


मेचीनगर । मेचीनगर नगरपालिकाले आव २०७५÷०७६ का लािग १ अर्ब ८ करोड ७८ लाख रुपैयाँको बजेट सार्वजनिक गर्ने भएको छ ।

नगरको जारी नगर सभाले उक्त आँकडाको बजेट सार्वजनिक गर्नका लागि तयारी गरिरहेको हो ।

यो बजेट आव २०७४÷०७५ को तुलनामा ८ करोड ४६ लाख रुपैयाँले बढी हुने छ । गत वर्ष नगरपालिकाको बजेट १ अर्ब ३२ लाख रुपैयाँ मात्र थियो ।

आउँदो बर्षको बजेटमा नगरका १५ वटै वडाले लागत सहभागिता बाहेक ७५÷७५ लाख रुपैयाँ पाउने भएका छन् ।
गत वर्ष वडाहरुले लागत सहभागिता बाहेक ८० लाख ५० हजार रुपैयाँको बजेट पाएका थिए ।

विगतभन्दा बजेटको आकार केही बढ्ने छ भने विकास योजनाका लागि खुद्राखुद्रीभन्दा ठूलामा प्राथमिकता दिइएको छ ।
बजेटका लागि आन्तरिक स्रोतबाट ६ करोड १४ लाख ५ हजार रुपैयाँ जुटाइने भएको छ ।

गत आवमा आन्तरिक स्रोतबाट ४ करोड ५६ लाख २७ हजार ३ सय १६ रुपैयाँ जुटाइएको थियो ।

सङ्घीय सरकारबाट सामाजिक सुरक्षा, राजस्व बाँटफाँट र सशर्त अनुदान गरी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ आउने र प्रदेश सरकारबाट योजना तोकेर ९ करोड आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: