मेचीनगरमा २३ सहित झापामा १७९ जनामा कोरोना

  प्रकाशित मिति
११ माघ २०७८, मंगलवार १९:३७


मेचीनगर, ११ माघ । मंगलबार झापामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिर्तामोडमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा मात्रै ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिर्तामोडमा ५१, मेचीनगरमा २३, भद्रपुरमा २०, कनकाईमा १८, अर्जुनधारामा १६ र दमकमा ११ जनासहित १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गौरीगञ्ज गाउँपालिका बाहेक सबै पालिकामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । झापामा हालसम्म २७ हजार ५ सय ७८ जनामा कोरोना पुष्टि भइसकेको छ । २५ हजार ७ सय ३२ जना डिस्चार्ज भइसकेका छन् ।

कोरोना कै कारण जिल्लामा ६६१ जनाको ज्यान गएको छ । यस्तै, १८ वर्षमाथिका ७६.५ प्रतिशत नागरिकले जिल्लामा खोप लगाइसकेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: