मेचीनगर, १५ जेठ । झापाकोे मेचीनगरमा चार महिनामा ६४ जना नयाँ क्षयरोगी फेला परेका छन् । योसँगै मेचीनगरमा नयाँ र पुराना गरी वा नियमित क्षयरोेगको औषधि सेवन गर्नेको संख्या ९२ जना पुुगेको छ ।
यस अघि नगरमा २८ जनाले क्षयरोगको औषधि सेवन गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विहीबार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग सम्पन्न क्षयरोग कार्यक्रम सम्बन्धि दोस्रो चौमासिक गोष्ठीमा सम्बन्धित केन्द्रका क्षयरोग फोकल पर्सनहरुले प्रस्तुत गरेको तथ्याङ्कले नगरमा क्षयरोेगका नयाँ विरामी फेला परेको जनाएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा शाखा संयोजक शशीकला राईले नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित आधा दर्जन स्वास्थ्य केन्द्र रहेको जानकारी दिइन् । गोष्ठीमा धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रका क्षयरोगका फोक पर्सन दीपेन्द्र चौधरी, काँकरभिट्टा स्वास्थ्य केन्द्रका लेखनाथ खतिवडा, धाइजन स्वास्थ्य केन्द्रका सविता सापकोटा, दुहागढी स्वास्थ्य केन्द्रका अमृत बहादुर कार्की, ज्यामिरगढी स्वास्थ्य केन्द्रका दीवाकर पौडेल र बाहुनडाँगी स्वास्थ्य केन्द्रका क्षयरोगका फोकल पर्सन दुर्गादेवि गौतमले आ आफ्नो केन्द्रको क्षयरोगको चौमासीक विवरण प्रस्तुत गरेका थिए ।
संयोजक राईका अनुसार एक व्यक्तिमा चौथो पटकसम्म क्षयरोग पोजेटिभ देखिएको छ । पहिलो पटकमै क्षयरोग पुष्टि भएपछि नियमित औषधि सेवन गरेको व्यक्तिलाई चौथो पटकसमम क्षयरोग देखिएको उनको भनाई छ । खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने भएपनि मेचीनगरमा धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अन्य स्वास्थ्य केन्द्रमा खकार परीक्षण नहुने भएकाले समस्या पैदा भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकबर्ष भित्रमा उस्ले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्न सक्छ । फोक्सो तथा खकार परिक्षणमा किटाणु नदेखिने भए पनि विशेषज्ञहरुले मात्र शरीरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेका छन् ।