मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम

  प्रकाशित मिति
११ असार २०७९, शनिबार १०:०१


काँकरभिट्टा, ११ असार । नेपाल स्काउट प्रदेश नम्बर १,

स्थानीय स्काउट मेचीनगरद्वारा नेपाल स्काउटको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ६ दिन ५ रातको आवासीय स्काउट आधारभूत तालिम शुक्रबारदेखि मेचीनगरमा सुरु भएको छ ।

तालिमका कोर्ष लिडरहरुमा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कट्वाल कार्की र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई छन् ।

नेपाल स्काउट, स्थानीय स्काउट मेचीनगर संयोजक रीता थापााको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि वडाध्यक्ष तामाङले स्काउटको संगठनात्मक विकासको लागि मेचीनगर नगरपालिका तथा वडा कार्यालयको तर्फबाट यथेष्ठ सहयोग रहिरहने प्रतिवद्धता जनाए । उनले तालिममा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिदैँ नगरपालिकामा स्काउटको तालिम इतिहासमै पहिलो कोसेढुंगाको रुपमा सावित हुने प्रतिबद्धता जनाए ।

स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट आधारभूत तालिम आवश्यक रहेको नेपाल स्काउट प्रदेश १ का संयोजक रवि खनालले वताए । उनले नेपाल स्काउटको वर्तमान संरचनाको बारेमा पनि प्रकाश पारेका थिए ।

आधारभूत स्काउट तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय मेचीनगर स्काउटले तालिमको आयोजना गरेको कार्यक्रमका विशिष्ट अतिथि एवम् मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीकोे भनाई छ ।
कार्यक्रमका विशिष्ट अतिथि सहायक राष्ट्रिय प्रशिक्षक पौडेलले स्काउट मुभमेन्टको बारेमा प्रकाश पारेका थिए ।

नेपाल स्काउट झापाका पूर्व जिल्ला आयुक्त एवम् राष्ट्रिय प्रशिक्षक सुब्बाले स्वागत गरेको कार्यक्रममा मेचीनगर स्थानीय स्काउटका संयोजक थापाको सभापतित्वमा सम्पन्न भएको थियो । तालिमको औचित्यमाथि प्रकाश सहायक राष्ट्रिय प्रशिक्षक कार्कीले पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन स्काउटर दुर्गाबहादुर लुइँटेलले गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिका कार्यपालिका सदस्य अन्जु थापा, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, काँकरभिट्टा खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष राजकुमार पराजुली, काँकरभिट्टा खानेपानीका कार्यालय प्रमुख दिपक पोखरेल, नेपाल स्काउट, प्रदेश नं. १ का कार्यलय प्रमुख नवराज घिमिरे, रेडियो साथीका प्रतिनिधि विनोद राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: