मेचीनगर । झापाको सबैभन्दा ठूलो नगरापालिका मेचीनगरमा बुधवार भएको स्थानीय तहको निर्वाचनमा ७३.८८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
नगरकी निर्वाचन अधिकृत इन्दिरा शर्माले मेचीनगरको सबै ३५ मतदान स्थलका ८५ मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको बताइन् ।
मेचीनगरमा ७२ हजार सात सय ९४ मतदाता रहेका छन् भने ५३ हजार ७८२ जनाले मतदान गरेको आयोगको भनाइ छ ।
हाल मतपेटिकाहरु आउने क्रम जारी रहेको र सर्वदलीय बैठकको निर्णय अनुसार भोलि विहान ८ बजेदेखि मात्र मतगणना कार्य सुरु गरिने निर्वाचन अधिकृत शर्माले जानकारी दिइन् ।