मेचीनगरले ल्यायो नयाँ दमकल

  प्रकाशित मिति
८ मंसिर २०७९, बिहीबार १०:५४


झापा, ८ मंसिर । झापाको मेचीनगर नगरपालिकाले नयाँ दमकल खरिद गरेर ल्याइएको छ ।

नगरको बजेटबाट रू ५९ लाख ७७ हजार ७००मा आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

बिगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको उनले बताए ।

म्याप इन्टर क्लिनर्स प्रालि काठमाडौंबाट ३५ सय लिटर पानी ५ सय फम क्षमताको नयाँ दमकल खरिद गरिएको आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए । योसंगै अब मेचीनगरमा दुईवटा दमकल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: