मेचीनगरले सार्वजनिक सम्पति खोज्दै

  प्रकाशित मिति
७ फाल्गुन २०७६, बुधबार २०:४१


मेचीनगर । मेचीनगर नगरपालिका आफ्ना क्षेत्रभित्रका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जुटेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन संशोधनसहित ऐन २०७४ को दफा ९७ को उपदफा १ को खण्ड ‘क’ र ‘ग’ अनुसार पर्ने यस्तो सम्पत्तिको संरक्षण गर्ने कानुनी दायित्व नगरपालिकाको हुन्छ ।

नगरपालिकाले मेचीनगर–७ स्थित बीच कामत दक्षिणतर्फको सार्वजनिक बाटो र सोही क्षेत्रको सार्वजनिक पैनी संरक्षण गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा जुटेको हो ।

मेचीनगर–७ स्थित बीच कामत दक्षिण परापूर्वकालदेखि चलिआएको सार्वजनिक बाटो र सोही क्षेत्रको पैनी स्थानीय नारायण ओली र विष्णुप्रसाद ओलीले भत्काएर लथालिङ्ग बनाएपछि स्थानीयलाई आवातजावतमा र खेतीपाती गर्न समस्या परेको थियो ।

सार्वजनिक बाटो र पैनी मास्नेलाई कारवाही तथा बाटो र पैनी नियमित सञ्चालनको व्यवस्था गरिदिन स्थानीय धनबहादुर बस्नेत समेतका निवेदकले मेचीनगरको ७ नम्बर वडा कार्यालयमा १५ माघमा निवेदन दिएका थिए ।

प्रहरी चौकी सतिघट्टाको सर्जमिन मुचुल्का समेतबाट उल्लेखित निवेदकहरुको निवेदन व्यहोरा साँचो ठहर हुन आएको सन्दर्भमा मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०० को उपदफा १ को खण्ड ‘क’ र ‘ख’ अनुसार उल्लेखित बाटो र पैनी सार्वजनिक सम्पत्ति पर्ने भएको हुँदा नगरपालिकाले पूर्व अवस्थामा कायम गरेको हो ।

नगरपालिकामा २२ माघमा नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीको रोहवरमा निवेदक पक्ष र नारायण ओली तथा निजका छोरा समेत बसेर उल्लेखित विषयमा छलफल गराइएको थियो ।

सार्वजनिक बाटो र पैनी परापूर्वकालदेखि प्रचलनमा रहेको र ती संरचनाहरु सार्वजनिक सम्पत्ति भएको हुँदा नारायण ओलीलगायतलाई तत्काल उल्लेखित सार्वजनिक बाटो र पैनी स्वयम्ले पूर्व अवस्थामा कायम गर्न नगर प्रमुख उपप्रमुख र कार्यालयमा उपस्थित सबैले अनुरोध गरेका थिए ।

त्यसबेला नारायण ओली र निजका जेठा छोरा कुमार ओलीले २ दिनको समयसीमा माग गरेका थिए ।

त्यस समयसम्म साविक बमोजिम कायम नभएको हुँदा मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०० को उपदफा १ को खण्ड ‘क’ र ‘ख’ अनुसार उल्लेखित बाटो र पैनी सार्वजनिक सम्पत्ति पर्ने भएको हुँदा नगरपालिकाले पूर्व अवस्थामा कायम गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङका अनुसार तत्काल जिल्ला प्रशासन कार्यालय झापामार्फत इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहयोगमा नगरपालिकाका नगर प्रहरी खटाइ मेचीनगर–७ नम्बर वडाका वडाध्यक्ष लगायत पदाधिकारीहरुको रोहवरमा कार्यालयको लोडर खटाएर नारायण ओलीलगायतले भत्काएको साविक बाटो र पैनी तीन दिनभित्रमा यथावत पूर्व अवस्थामा कायम गर्ने व्यवस्था गर्न फागुन ५ गते बसेको वैठकको निर्णय १ बाट कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

मेचीनगर नगरपालिकाले निर्णय कार्यान्वयन सम्बन्धमा मेचीनगर वडा नम्बर ७ लाई लेखेको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई आवश्यक सहयोग गर्न, नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य पूर्ण मेचे कार्यालयको लोडर लिएर जाने, नगर प्रहरी इन्चार्ज मेचीनगर नगर कार्यपालिकाको कार्यालय उक्त कार्यमा सहयोग गर्न खाद्य विश्लेषक दीपेन्द्र कार्कीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: