मेचीनगर, ३ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १, २, १४ र १५ मा एमालेको मेयरमा १२० र उपमेयरमा ८९४ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
निर्वाचन कार्यालय मेचीनगरले मंगलबार विहान ७ वजे सम्मको दिएको जानकारी अनुसार ५३२४ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २१४६ मत ल्याएका छन् । मेयरमा एमालेको १२८ मतको फरक रहेको छ ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २०१८, राप्रपाका रमेश दाहालले ३३६ मत ल्याएका छन् ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती २०२६, माओवादी केन्द्र प्रकाश भण्डारी ११३२, राप्रपाकी सविना बजगाईको ६९६, भालेले १४३ र डिल्लीराम घिमिरेको धाराले ३९ मत ल्याएका छन् । उपमेयरमा एमालेको ८९४ मतको फरक छ ।
यसैगरी, वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । विजयी एमाले वडाध्यक्षको १५१४, कांग्रेसको १४७६, हलो १७२, भाले ७२ मत आएको थियो ।
वडा नम्बर २ को वडाध्यक्षमा एमाले १७५, हँसिया हतौडाको १६२, हाँस १४१, भाले १६, वडा नमबर १४ को वडाध्यक्षमा एमालेको ६८, हँसिया हतौडाको १००, हलोको ६ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले २८७, कांग्रेसको ३७९, हलोले ६७ र भालेले ३३ मत प्राप्त गरेको छ ।
मेयर, उपमेयरमा ११९ मत र वडाध्यक्ष र सदस्यमा ४५ मत बदर भएको कार्यालयले जनाएको छ ।