मेचीनगर अपडेट : मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

  प्रकाशित मिति
२ जेष्ठ २०७९, सोमबार १३:४८


मेचीनगर, २ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयर र उपमेयरका उम्मेद्वारको अग्रता कायमै रहेको छ ।
सोमबार दिउसो १ः३० वजेको नतिजा अनुसार २६२६ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १११४ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ९३७, राप्रपाका रमेश दाहालले १४३ मत ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १०१२, माओवादी केन्द्र प्रकाश भण्डारी ४९३, राप्रपाकी सविना बजगाईको ३०३ र डिल्लीराम घिमिरेको धाराले २६ मत ल्याएका छन् ।

यसैगरी, वडा नम्बर १ को वडाध्यक्षमा एमाले ७३०, कांग्रेसको ५८४, हलो ४६, वडा नम्बर २ को वडाध्यक्षमा एमाले १२४, हँसिया हतौडा १२८, हाँस १०९ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले १८८, कांग्रेसको २२५, हलोले ४८मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: