मेचीनगर एसको अध्यक्षमा अर्जुन पौडेल, युवा संघमा पुस्कर वस्नेत

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार १७:२८


मेचीनगर, २१ असोज । नेकपा एकीकृत समाजवादी मेचीनगरको अध्यक्षमा अर्जुन पौडेल सर्वसम्मत चयन भएका छन् ।
आज ईटाभट्टा स्थित किरात याक्थुम चुम्लुङको भवनमा असम्पन्न मेचीनगर प्रथम भेलाले अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

पौडेल यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य थिए ।

समितिको उपाध्यक्षमा विमला देवकोटा, चेतराज बिष्ट (चेतन) र नारायण भट्टराई, सचिवमा हरि तिम्सिना र उपसचिवमा हेमन्त नेपाल सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा सुवर्ण भट्टराई, कृष्ण सुवेदी, गीताकुमारी श्रेष्ठ, दुर्गाकुमारी पुरी, तारा खड्का लगायत छन् ।

एसका एक नम्बर प्रदेश कमिटी सदस्य ताराराज ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा अध्यक्ष वेदराज रेग्मी, जिल्ला सचिव निलमणि बराल, केन्द्रीय सदस्य पुष्प पोखरेल, प्रदेश कमिटी सदस्यहरु शारदा शर्मा, शुभद्रा अर्याल, लोकबन्धु कन्दङ्वा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यवासंघ अध्यक्ष वस्नेत ।

यसैवीच युवा संघ नेपाल मेचीनगर कमिटी समेत बनेको छ । युवा संघ मेचीनगर अध्यक्षमा पुस्कर बस्नेत, उपाध्यक्षमा तुलसा कट्टेल गौतम, सचिवमा कृष्ण राजवंशी र उपसचिवमा नरेन्द्र शिवाकोटी सर्वसम्मत चयन भएका छन् ।

समितिको सदस्यहरुमा अर्जुन विष्ट, सुमन रेग्मी, मुक्ति निरौला, हिमाल सापकोटा लगायत छन् । वस्नेतको नेतृत्वमा युवा संघ पनि ५१ सदस्यीय चयन भएको एस पार्टीको नगर सचिव तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: