उपसभापतिमा योगेन र धनकाजी, सचिवमा मनोज र मुकेश र सहसचिवमा बिजय र टिकाराम बिजयी

  प्रकाशित मिति
१० आश्विन २०७८, आईतवार १८:३३


पुष्प कार्की, योगराज थापा, सुरेन्द्र बुढाथोकी, धनकाजी काजी र नविन बराल

सुदय पनेरु ।
धनकाजी खत्री ।
मुकेश लिम्बु ।

मनोज घिमिरे ।मेचीनगर, १० असोज । नेपाली कांग्रेस मेचीनगरको उपसभापति पदमा योगेन थापा मगर र धनकाजी खत्री बिजयी भएका छन् ।

योगेनले ३८० र धनकाजीले ३४६ मत प्राप्त गरेको सहायक मतदान अधिकृत ज्ञानेन्द्र निरौलाले बताएका छन् ।

निरौलाका अनुसार निकटतम् प्रतिष्पर्धीहरु सन्दिप ओलीले १२६ र राजु अधिकारीले ५७ मत ल्याएका छन् ।

यसैगरी, सचिवमा मनोज घिमिरे (३२७) र मुकेश लिम्बु (२६८) बिजयी भएका छन् ।

निकटतम् प्रतिष्पर्धीहरु अशोक राईले १५७ र लक्ष्मीप्रसाद काफ्लेले १२५ मत ल्याएका छन् ।

सहसचिवमा टिकाराम धमला (२९६) र बिजय भट्टराई (२१३) मत प्राप्त गरी बिजयी भएका छन् ।

निकटतम् प्रतिष्पर्धीहरु चन्दन गौतमले १६८, नविन खतिवडाले १३५ र लोकेन्द्र थपलियाले ७१ मत पाएका छन् ।

सभापति पदमा युवा नेता सुदय पनेरु निर्वाचित भएका छन् ।

उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बरालभन्दा १५ मत बढी प्राप्त गरे ।

कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।

आज भएको मतदानपछि अपरान्ह ३ बजेदेखि गणना सुरु भएको थियो । पनेरुले निरन्तर अग्रता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: