मेचीनगर काङ्ग्रेसमा आकांक्षीको ओइरो

  प्रकाशित मिति
२५ चैत्र २०७३, शुक्रबार ११:०५


मेचीनगर । बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट दश जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।

पार्टीको १ नम्बर क्षेत्रीय समितिको विहीवार बसेको बैठकमा नगर नेतृत्वका लागि दश जना काङ्ग्रेस नेताले आफुलाई मेयर पदको उम्मेद्वार बन्न चाहेको भन्दै आकांक्षीको रुपमा नाम दर्ता गराएका हुन् ।

पार्टीका जिल्ला सचिव प्रेम सम्बाहाम्फेका अनुसार महासमिति सदस्यहरु बिमल आचार्य, केशबराज पाण्डे र ताराबिर कटुवालले मेयरको उम्मेद्वारी घोषणा गरेका छन् ।

त्यसैगरी, महाधिवेशन प्रतिनिधिहरु बिजय डालमिया, टेकबहादुर लिम्बु र पङ्कजबिक्रम नेम्बाङले समेत मेचीनगरको मेयर पदका लागि उमेद्वारी घोषणा गरेका छन् ।

बैठकमा नेपाली काङ्ग्रेसका जिल्ला सचिव प्रेम सम्बाहाम्फे, जिल्ला सदस्य पुष्पराज पौडेल, क्षेत्रीय सभापति मनिकुमार उप्रेती र मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले पनि मेयर पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

यस अघि मेयरको उम्मेद्वारको रुपमा चर्चामा आएका पार्टीका जिल्ला उपसभापति राम कट्टेलले मेयर पदमा उम्मेद्वारी घोषणा गरेका छैनन् । कट्टेलले विहीवार विहानै फेसबुकमा स्टाटस पोस्ट गर्दै आफु उम्मेद्वार बन्न इच्छुक नरहेको स्पष्ट पारेका थिए ।

त्यसैगरी, नगरको उपमेयर पदको चुनावका लागि काङ्ग्रेसका तीन जना महिला नेतृहरुले दाबी प्रस्तुत गरेका छन् ।
उपमेयरको उम्मेद्वार दाबी गर्नेहरुमा महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडा, नृपाल महिला सङ्घकी जिल्ला सदस्य कुसुम कोइराला र सङ्घकै जिल्ला सल्लाहकार राधा कार्की रहेका छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ ले नगर वा गाउँको मुख्य दुई पद मध्ये एक जना महिलालाई अनिवार्य उम्मेद्वार बनाउनु पर्ने बाध्यात्मक ब्यवस्था गरेको छ । मेचीनगरमा काङ्ग्रेसबाट मेयर पदमा महिलाले दावी प्रस्तुत गर्न सकेनन् ।

पार्टीले चैत्र २६ गतेबाट वडास्तरदेखि उम्मेद्वारी छनौट प्रक्रिया सुरु गर्ने र बैशाख ३ गतेसम्ममा जिल्ला समितिमा निर्णय हुने काङ्ग्रेस क्षेत्र नं. १ का सभापति मनिकुमार उप्रेतीले बताए ।

चैत्र २६ गते नगरका सबै वडामा एकैचोटी उम्मेद्वार छनौट प्रक्रिया सुरु हुने र त्यहाँ सबैले उम्मेद्वारी विषयमा आफ्नो आकांक्षा प्कट गर्न नभ्याउन सक्ने भएकाले विहीवार क्षेत्रीय समितिको बैठकमै मेयर र उपमेयरका आकांक्षीहरुलाई आफ्नो दावेदारी प्रस्तुत गर्न दिइएको थियो ।
तर विहीवार घोषणा नगरेका नाम पनि आगामी वडा समितिको बैठकबाट मेयर र उपमेयरको उम्मेद्वारको रुपमा नाम सिफारिस भएर आउन सक्ने बाटो बन्द गरिएको छैन ।

मेयरका आकांक्षी
बिमल आचार्य
केशबराज पाण्डे
ताराबिर कटुवाल
बिजय डालमिया
टेकबहादुर लिम्बु
पङ्कजबिक्रम नेम्बाङ
प्रेम सम्बाहाम्फे
पुष्पराज पौडेल
मनिकुमार उप्रेती
इन्द्रबहादुर बुढाथोकी

उपमेयरका आकांक्षी
दुर्गा खतिवडा
कुसुम कोइराला
राधा कार्की

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
………………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: