मेचीनगर सहकारीको नाफा बढेको बढ्यै

  प्रकाशित मिति
९ माघ २०७३, आईतवार १५:४५


धुलावारी । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षको ७ महिनामै विगत एक वर्षको भन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ ।

शेयर सदस्यहरूको निरन्तर सक्रियता, सञ्चालक समितिको लगनशीलता र आर्थिक कारोवारमा गतिशीलताका कारण मेचीनगर सहकारीले छोटो अवधिमै तीब्र दरमा उन्नति गरेको हो ।

सो सहकारीले गत असारदेखि पुस महिनासम्ममा ३१ लाख ९० हजार ५ सय ७६ रुपैयाँ खुद नाफा आर्जन गरेको सञ्चालक समितिका अध्यक्ष कमल काफ्लेले जानकारी दिएका छन् ।
अध्यक्ष काफ्लेका अनुसार गत आर्थिक वर्ष २०७२÷०७३ को १२ महिनामा संस्थाले ३२ लाख नाफा गरेको थियो ।

चालू आव २०७३÷०७४ मा सहकारीको नाफा ७० लाख नाघ्ने प्रक्षेपण गरिएको छ । सहकारीले निरन्तर मुनाफा आर्जन गर्नाले मेचीनगर सहकारीका सदस्यमा उत्साह बढ्दै गएको छ ।

चालू आवको ७ महिनामा सहकारीको शेयर पूँजी १ करोड ६३ लाख ८१ हजार २ सय रुपैयाँ र निक्षेप १२ करोड ५७ लाख ३० हजार ८ सय ४२ रुपैयाँ भइसकेको संस्थाका व्यवस्थापक मानस सिटौला बताउँछन् ।

संस्थाले ऋण लगानी समेत बढाउँदै लगेको छ, जसका कारण मुनाफा वृद्धि भएको मानिएको छ । चालू आवको ७ महिनामा संस्थाको ऋण लगानी १२ करोड ७९ लाख ७३ हजार २ सय ५५ रुपैयाँ रहेको छ ।

संस्थाको शुक्रवार सम्पन्न अर्धवार्षिक समीक्षा बैठकले सहकारीको प्रगति उल्लेखनीय रुपमा वृद्धि भएकोमा सन्तोष प्रकट गर्दै व्यवसाय प्रवर्धन र सामाजिक गतिविधिलाई तीब्र गतिमा अघि बढाउने निर्णय गरेको छ ।

हाल १८ सय भन्दा बढी सदस्य रहेको मेचीनगर सहकारीले चालू आवभित्र सदस्यको सङ्ख्या बढाएर २१ सय पुर्याउने र शनिअर्जुनमा एउटा सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: