मेचीनगर साकोसले दियो किसानलाई प्रशिक्षण

  प्रकाशित मिति
२९ चैत्र २०७४, बिहीबार १५:४५


धुलाबारी । मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. धुलाबारीले आफ्ना शेयर सदस्यलाई व्यवसायिक कृषितर्फ उन्मूख गराउने उद्देश्यले तीन प्रशिक्षण प्रदान गरेको छ ।

साकोसको आफ्नै सभाहलमा आधारभूत कुखुरा तथा बाख्रापालन व्यवसायिक प्रशिक्षण कार्यक्रममा ४० बढीको सहभागिता रहेको थियो ।

यही चैत २७ गतेदेखि सुरु भएको प्रशिक्षणमा सहजीकरण पशु स्वास्थ्य सेवा प्राविधिक विर्तामोडकी सानुमाया श्रेष्ठ र पशु स्वास्थ्य प्राविधिक विष्णु भट्टराईले गरेका थिए ।

तालिमको समापन शुक्रवार गरिएको छ । संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रशिक्षक सानुमाया श्रेष्ठ रहेकी थिइन् ।

कार्यक्रममा साकोसका संस्थापक अध्यक्ष बासु खतिवडा, पत्रकार अम्बिका भण्डारी, प्रशिक्षार्थीद्वय पार्वता गजुरेल, नारदमणि ढुङ्गानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन साकोसकी महिला विभाग प्रमुख पुष्पा भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: