‘मेचीनगर सुन्दर र समृद्ध बनाइने छ’

  प्रकाशित मिति
२७ पुष २०७४, बिहीबार ०९:४५


बिमल आचार्य

सभाध्यक्षज्यू
स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसदको निर्वाचन पश्चात नेपाल सङ्घीय गणतन्त्रात्मक शासन प्रणाली कार्यान्वयनको दिशा तर्फ अगाडि वढेको छ । यस ऐतिहासिक घडीमा म लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय र समानताका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण आदरणीय शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

यसैगरी स्थानीय तहको निर्वाचन पश्चात सम्पन्न हुन लागेको यो प्रथम नगरसभामा हामी जनप्रतिनिधिलाई अमूल्य मतदान गरी विजयी गराउनु हुने आम मतदाताहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

झापा कै सवैभन्दा वढी जनसङ्ख्या र ठूलो क्षेत्रफल भएको यस नगरपालिकाको पूर्वमा भारतको पश्चिम बङ्गाल पश्चिममा विर्तामोड नगरपालिका, उत्तरमा वुद्धशान्ति गाउँपालिका तथा इलाम जिल्ला र दक्षिणमा भद्रपुर नगरपालिका रहेको छ । यस नगरपालिका क्षेत्रमा धार्मिक, सांस्कृतिक, भाषिक, जातीय तथा जैविक विविधता रहेको छ ।

अन्तर्राष्ट्रिय सिमानावाट सुरु हुने नेपालको पूर्व पश्चिम राजमार्ग, पश्चिम भागमा रहेको केचनाकवलबाट चारआली हुँदै ताप्लेजुङ पुग्ने मेची राजमार्ग यस नगरभित्र रहेका राष्ट्रिय सडकहरु हुन् भने सूर्योदय मार्ग, गोकुल मार्ग, शहिद मार्ग, थिरवम मार्ग, झापा मार्ग यस नगरका मुख्य सडकहरु हुन् ।

यसैगरी नगर क्षेत्रभित्र १३ सामुदायिक वनहरु रहेका छन् । २१ भन्दा वढी आदिवासी जनजातिहरुको वसोवास यस नगर क्षेत्रभित्र रहेको छ । मेची, निन्दा, टिमाई, हडिया जस्ता नदीजन्य खनिज पदार्थ रहेका मुख्य नदीहरु यस नगर क्षेत्रभित्र रहेका छन् । अतः अन्तर्राष्ट्रिय सिमाना, वहु सांस्कृतिक स्थल, नदीजन्य खनिज पदार्थ र वन जस्ता प्राकृतिक श्रोतको प्रचुरता यस नगरको समृद्धि र विकासका सम्भावनाका आधारहरु हुन् भने बढ्दो जनसङ्ख्या, कमजोर भौतिक पूर्वाधार, खुल्ला सिमानाका कारण हुने मानव वन्यजन्तु द्वन्द्व, सिमित साधन श्रोत यस नगरपालिकाको प्रमुख चुनौतिहरु हुन् ।

चूनौतिहरुलाई अवसरमा रुपान्तरण गर्दै सम्भावनाहरुलाई प्रयोग गर्दै यस नगरलाई ५ वर्ष भित्र समृद्ध, समुन्नतको दिशा तर्फ लाने हाम्रो प्रतिवद्धता व्यक्त गर्दछु ।

यस अवधिमा मतदाता नामावली सङ्कलन, निर्वाचन र नेपालीका केही मत्वपूर्ण चाडपर्वहरु परेका कारण नगर सभा समयमा नै सञ्चालन गर्न सकिएन । यद्यपि स्थानीय तहको निर्वाचन भए पश्चात यस अवधिसम्म आइपुग्दा केही महत्वपूर्ण कार्य नगरपालिकाले गरिसकेको छ । यस नगरपालिकाका सवै वडाको वडा कार्यालय खोली सञ्चालन गर्ने क्रममा १३ वडा कार्यालय सञ्चालन भै सकेका छन् । यस गरी काँकरभिट्टा वसपार्क व्यवस्थापन, प्यारीभिट्टा वसपार्क सञ्चालन, नगर सरसफाईको व्यवस्थापन, विपद व्यवस्थापन जस्ता कार्य यसै अवधिमा गरिएका केही महत्वपूर्ण कार्यहरु हुन् ।

सभाध्यक्ष महोदय,
यस नगरपालिकाले यस नगर सभामा पेश गर्न लागेको नीति,वजेट तथा कार्यक्रम तर्जूमा गर्दा निम्न प्रकृयाहरु अवलम्वन गरेको छ ।

  1.  नगर उप प्रमुखको संयोजकत्वमा रहेको स्थानीय राजश्व परामर्श समिति मार्फत राजश्वका दर, क्षेत्र तथा आन्तरिक आयको विश्लेषण तथा अनुमान ।
  2.  नगर प्रमुखको संयोजकत्वमा रहेको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति मार्फत यस आर्थिक वर्षको श्रोत अनुमानको आधारमा कुल सीमा निर्धारण ।
  3.  कार्यपालिका मार्फत यस वर्षको मार्ग दर्शन स्वीकृत ।
  4.  वडा भेला तथा वडा समितिको वैठक मार्फत वडास्तरीय योजनाको छनौट तथा प्राथमिकता निर्धारण ।
  5.  विषयगत समितिको वैठक तथा नीतिगत व्यवस्था तथा वजेट शिफारिश ।
  6.  बजेट तथा कार्यक्रम तर्जूमा समिति मार्फत यस आर्थिक वर्षको वार्षिक वजेट तथा कार्यक्रम तर्जूमा ।
  7.  नगर कार्यपालिकामा छलफल र पारित ।
  8.  नगर सभामा प्रस्तुत ।

सभाध्यक्ष महोदय,
अव म यस नगरसभामा यस नगरपालिकाले कुल आय तथा व्यय रु. १,००,३२,००,०००÷०० ( अक्षरेपि एक अरव वत्तीस लाख रुपैयाँ मात्र)को वार्षिक वजेट खर्चका लागि तयार गरिएको यस आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

मेचीनगर नगरपालिकाको आ.व. ०७४÷०७५ को नीति तथा कार्यक्रम नेपालको संविधान २०७२ वमोजिम हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट यस नगरपालिका निर्वाचित जनप्रतिनिधिले पद वहाल गरी सकेपछि गठित ऐतिहासिक प्रथम नगरसभाबाट यस नगरको समग्र नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहनालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सवल नगर वनाउन देहाय वमोजिमका नीति तथा कार्यक्रमहरु अवलम्वन गरिनेछ ।

नीति तथा कार्यक्रम तयार गर्दा सुशासन, वाल तथा लैङ्गिक मैत्री एवम् सामाजिक समावेशिता, वातावरण तथा पर्यावरण मैत्री, पर्यटन मैत्री एवम् गरिवी निवारणलाई प्रमुख आधार वनाइएको छ ।

क. सार्वजनिक सेवा तथा क्षमता विकास सम्वन्धी नीति ः
१.नगरपालिकाका वडा कार्यालय मार्फत प्रवाह हुने सवै सेवामा नगरवासीको पहुँच विस्तार गर्न नगरका १५ वडा कार्यालय भवनको निर्माण वा व्यवस्थापन गरी प्रविधि मैत्री शुलभ सेवा प्रवाह गरिनेछ ।
२.सुशासन तथा पारदर्शिताका लागि नगरपालिकाको सूचना प्रणालीलाई प्रभावकारी वनाउने, चौमासिक सार्वजनिक सुनुवाई, हरेक योजना तथा कार्यक्रमको सार्वजनिक परीक्षण गर्ने र वार्षिक सामाजिक परीक्षण गर्ने, नगर र वडा कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गरी सुशासनको प्रत्याभूति गरिनेछ ।
३. स्थानीय र वडा तहबाट सम्पादित हुने कार्यवोझका आधारमा नगरपालिकाको कर्मचारीको सङ्गठनको पदसोपन, जनशक्ति व्यवस्थापन, कर्मचारी दरवन्दी लगायतका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गराई व्यवस्थापन गरिनेछ ।
४. कर्मचारीको कार्य दक्षता अभिवृद्घि गर्न जिम्मेवारी वमोजिमको तालिम प्रदान गर्ने र प्रविधि मैत्री वनाउने, योगदानमा आधारित सुविधा, कार्य सम्पादनका आधारमा कर्मचारी वढुवा एवम् अन्य सुविधा व्यवस्था गरी असललाई पुरस्कार र खरावलाई दण्डको व्यवस्था रुपमा लागू गरिनेछ ।
५. विगतमा भगिनी सम्वन्धका लागि भएको प्रयासलाई निरन्तरता दिई अन्य अन्तर्राष्ट्रिय नगरहरुसँग भगिनी सम्वन्ध कायम गरी आधुनिक प्रविधि, सोच, विकासका मोडलहरु अनुकरण गरी सम्मुन्नत नगर वनाउन पहल गरिनेछ ।
६. नगरपालिकाको सेवाको गुणस्तर कायम गर्न तथा प्रविधि मैत्री जनशक्ति व्यवस्थापन गर्न स्वेच्छिक अवकास सहितको स्थानीय कानुन यस वर्षमा निर्माण गरी आगामी वर्ष कार्यान्वयन गरिनेछ ।
७. जनप्रनिधि तथा कर्मचारीको क्षमता अभिवृद्घिका लागि क्षमता विकास कार्यक्रम तयार गरी लागू गरिनेछ । अवलोकन भ्रमणको समेत व्यवस्था मिलाइने छ ।
८. पदाधिकारी तथा कर्मचारीहरुको आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
९. कर्मचारीहरुको व्यक्तिगत विवरण कम्प्यूटरकृत प्रविधिबाट अध्यावधिक गरिनेछ ।
१०. गुनासो व्यवस्थापनका लागि गुनासो सुन्ने अधिकारी तथा सूचना व्यवस्थापनका लागि सूचना प्रविधि अधिकृत र सूचना अधिकारी तोकी व्यवस्थापन गरिनेछ ।
११. नगरको समग्र विकासको योजनाका लागि अर्बन डेभलपमेन्ट प्लान र नगरपालिकाको वस्तुगत विवरण सहितको नगरपालिकाको पाश्र्वचित्र तयार गरिनेछ ।
१२. नगरपालिका कार्यालयको भौतिक सम्पतिको उचित व्यवस्थापन गर्दै पुराना र मर्मत गर्न नसकिने वा वढी खर्च लाग्ने असान्दर्भिक सामाग्रीहरुको लिलाम विक्री गर्न आवश्यक प्रकृया अघि वढाइनेछ ।
१३. दैनिक प्रशासनलाई प्रभावकारी रुपले सञ्चालन गर्न आवश्यक सवारी साधन तथा फिल्डमा कार्य गर्ने कर्मचारीका लागि इन्धनको व्यवस्था गरिनेछ ।
१४.नगरपालिकाको विकासलाई तीव्र र प्रभावकारी वनाउन यान्त्रिक साधनहरुको खरिद गरी परिचालन गरिनेछ ।

ख. पूर्वाधार विकास सम्वन्धी नीति ः
१. आवधिक नगर विकास योजना, सडक तथा सतहढल, नदी तटवन्धन, खानेपानी, सिञ्चाई र भूउपयोग गुरुयोजना आदि क्षेत्रको क्षेत्रगत गुरुयोजना तयार गरिनेछ ।
२. नगर क्षेत्रभित्र व्यापार व्यवसाय प्रवद्र्घन र वजार केन्द्रको विकास गर्न शित भण्डारसहितको कृषि मण्डी तथा कृषिमा आधारित औद्योगिक प्रदर्शनी स्थल, मिनी मार्केट निर्माण गर्न र मुख्य सडक ढल सहित कालो पत्र गर्न वाह्य श्रोत जुटाई कार्यान्वयन गरिनेछ ।
३. साविक नगरपालिकाको रिङ रोडमा आवश्यक पर्ने पुल तथा कल्भर्टको निर्माण कार्य अघि वढाइनेछ । नगरपालिकाका यान्त्रिक साधन प्रयोग गरी यसलाई सञ्चालन हुन सक्ने अवस्थामा पु¥याइनेछ ।
४. नगरपालिकाको वाह्य रिङ रोडको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना तयार गरिनेछ ।
५. नगरपालिका क्षेत्रका मुख्य सडकमा सौर्य सडक वत्ती जडान, वाइपास सडक निर्माण, सामुदायिक सङ्ग्रहालय, विशेष आर्थिक क्षेत्रको विकास, एकीकृत वस्ती विकास कार्यक्रमका लागि वाह्य श्रोत, नीजि क्षेत्र, उपभोक्ता तथा स्थानीय सहकारीको समेत सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ ।
६. सामुदायिक वनहरुसँग सहकार्य गरी पार्क तथा पर्यटकीय स्थलहरुको विकास गरिनेछ ।
७. कालोपत्र भएका सडकको दीर्घकालीन प्रयोगका लागि प्रिमेक्स कारपेटिङका लागि वजेट विनियोजन गरी कार्यान्वयन गरिनेछ ।
८. जग्गा विकास (प्लटिङ) स्वीकृति नलिकन गर्न पाइने छैन । यसका लागि नगरपालिकाका तर्फबाट मापदण्ड तथा नीतिगत व्यवस्था गरिनेछ ।
९. नगरका मुख्य शहरी क्षेत्रभित्र टेलिफोन, विद्युत, केवल तथा अन्य सेवाका तारहरुलाई व्यवस्थित गरी जमिनमुनीबाट तार विस्तार गर्ने दीर्घकालीन योजना तयार गरिनेछ ।
१०.राष्ट्रिय भवन संहिता वमोजिम भूकम्प प्रतिरोधी भवन निर्माण गर्न भवन मापदण्ड नीति तयार गरी कार्यान्वयन गरिनेछ । साविक गाउँ विकास समितिमा नक्शा पास नभै निर्माण भएका घरको नक्शा नियमितका लागि चालु आर्थिक वर्ष भरी समय दिइनेछ ।
११. नगर क्षेत्र भित्र रहेका सवै सडकको सडक मापदण्ड तोकिनेछ, तोकेका मापदण्ड भित्र निर्माण भएका सवै संरचनाहरु हटाइने छ ।
१२. नगर विकासलाई व्यवस्थित गर्न सडक, खानेपानी, विद्युत तथा दुर सञ्चार जस्ता निकायहरुसँग समन्वय गरी योजना कार्यान्वयन गरिनेछ ।
१३. नगरका सवै कच्ची सडकहरुलाई ५ वर्ष भित्रमा ग्राभेल गर्न प्राथमिकता दिइनेछ ।
१४. नगरका सवै घरधुरीमा ५ वर्षभित्रमा खानेपानीको व्यवस्था गरिनेछ ।
१५. हालसम्मका अधुरा योजनाहरुलाई यसै वर्ष भित्रमा सम्पन्न गर्ने र चालु वर्षका योजनाहरु अधुरो योजनाका रुपमा अर्को वर्षमा नसार्ने गरी वजेट विनियोजन गरी कार्यान्वयन गर्ने नीति अवलम्वन गरिनेछ ।
१६. नगर क्षेत्रभित्रका सडकलाई नगरस्तरीय, वडास्तरीय र टोलस्तरीय गरी तीन भागमा विभाजन गरिनेछ ।
१७. नगरपालिकाका तर्फबाट तयार भै पेश भएको योजना तथा भवन मापदण्ड विनियम २०७४ स्वीकृत हुनपूर्व नापीनक्शा भै कित्ताकाट समेत भैसकेका प्लटिङको जग्गाको हकमा न्यूनतम् १२ फिट चौडाईको वाटो कायम गरी अधिकतम् २०० फिट लम्वाईसम्मका वाटोले भेटेका जग्गामा वाटोबाट ५ फिट सेडव्याक छोड्न लगाई भवन निर्माणको स्वीकृति दिइनेछ ।
१९. मेचीनगर नगरपालिकामा समाहित भएका शाबिक गाबिस धाइजन, दुवागढी, ज्यामिरगढी, बाहुनडाँगीका नापि नक्सामा भएको बाटोको रेखाङ्कन र भौतिक रुपमा भएको बाटोको रेखाङ्कन एकै स्थानमा नभै परक परेको र गाबिस कालमै पूर्व रेखाङ्कन भएका स्थानमा समेत स्थानीय छिमेकीले भवन÷संरचना वनाइसकेको, साबिक गाबिसकालमा भवन निर्माण सम्पन्न भै हाल नगरपालिका कार्यालयबाट सडक मापदण्ड तयार हँुदा त्यस्ता घरले बाटोको अधिकार क्षेत्र समेत ओगटेको अवस्था देखिएकोले माथि उल्लेखित प्रकृतिका संरचनाहरुलाई बिगत बर्षमा झैँ पासेबल र नन पासेबल क्षेत्र छुट्ययाई भबिष्यमा स्थानीय सरकार, प्रान्तीय सरकार वा नेपाल सरकारले भत्काउने आदेश दिएमा निज घरधनीबाटै नन पासेवल क्षेत्रमा परेको भाग भत्काउन लगाउने, भबिश्यमा त्यसरी भत्काउने आदेश हुँदा निजले नभक्तकाएमा स्थानीय सरकारबाटै भत्काउँदा लागेको खर्च निज घरधनीबाटै असुल उपर गर्ने गरी कबुलियतनामा गराई नक्सा पास नियमित गराउने नीति लिइनेछ ।

ग. वित्तीय व्यवस्थापन, श्रोत परिचालन र आर्थिक विकास सम्वन्धी नीति ः
१. चालु वर्षका लागि साविक नगरपालिका र गाउँ विकास समितिका परिषदहरुवाट स्वीकृत भएको कर, दस्तुर, शुल्क तथा दण्ड जरिवानाका दरहरुलाई कायम राखी कार्यान्वयन गरिनेछ ।
२. आ.व. ०७५÷०७६ देखि नगरपालिकाको सम्पूर्ण क्षेत्रमा एकीकृत सम्पत्ति कर लागू गर्न यस वर्ष नै सवै प्रकृया पुरा गरिनेछ ।
३. आगामी वर्षका लागि करको दायरा फराकिलो वनाउन, दोहोरो करलाई एकद्वार प्रणालीमा लैजान, करका नयाँ श्रोतहरुको खोजी गरी आन्तरिक आयमा वृद्धि गर्न सरोकारवालाहरु छलफल गरी नीति तयार गरिनेछ । यसका लागि विज्ञहरु मार्फत नगरपालिकाको आर्थिक तथा वित्तीय विश्लेषण र अध्ययन गरी प्रतिवेदन तयार गरिनेछ ।
४. सार्वजनिक निजी साझेदारी अन्तर्गत सङ्कलन गर्दै आएको सरसफाई सेवा शुल्कको रकम असूली तथा ब्यवस्थापनमा मेची उद्योग बाणिज्य सङ्घसँग भएको सम्झौता र सहकार्यको नीतिलाई निरन्तरता दिइनेछ ।
५. नगरपालिकाको श्रोतलाई अधिकतम परिचालन गर्न प्रत्येक वर्ष कर, शुल्क र दस्तुर मध्ये एउटा शिर्षकको लगत अध्यावधिक र राजश्व प्रक्षेपण गर्ने कार्यलाई निरन्तर दिइने छ । वाँकी वक्यौता असुली कार्यलाई प्राथमिकता दिई सकेसम्म वक्यौतारहित वनाउन करदातालाई प्रत्येक वर्ष नियमित रुपमा कर बुझाउन पे्ररित गराउने नीति लिइने छ ।
६. श्रोत परिचालन र व्यवस्थापनलाई बैज्ञानिक, यथार्थपरक वनाउन सवै करका शिर्षकलाई कम्प्यूटरकृत गरी करदातालाई झञ्झटरहित प्रकृयाबाट पेपरलेस पद्धति अपनाउँदै चुस्त र छिटो सेवा दिन सदैव प्रयत्नशील रहने नीति लिइने छ ।
७. श्रोत परिचालनमा निजी क्षेत्रको सहभागिता गराउन पीपीपी अवधारणालाई अगाल्दै प्रतिस्पर्धात्मक पद्धति अवलम्वन गर्ने नीतिलाई नै निरन्तरता दिइने छ ।
८. वोलपत्र (निर्माण, आय) आह्वानलाई अधिकतम रुपमा प्रतिस्पर्धा गराउने इ–बिडिङ पद्धति अवलम्वन गर्ने नीति लिइनेछ ।
९. व्यवसाय करलाई व्यवस्थित गर्न र निजी क्षेत्रको सहभागितालाई प्रभावकारी गराउन नयाँ व्यवसाय दर्ता हुन आउँदा मेची उद्योग वाणिज्य सङ्घको सिफारिस र नयाँ होटल व्यवसाय दर्ता हुन आउँदा होटल व्यवसायी सङ्घको सिफारिश अनुसार श्रेणी कायम गरी दर्ता गरिनेछ । साथै हालसम्म करको दायरामा नआएका ब्यवसायीहरुलाई समेट्नका लागि उद्योग बाणिज्य सङ्घ र नगरपालिकाको डोर टोली खटाई प्रभावकारी कार्यान्वयन गरिनेछ । यसरी सङ्कलन हुने ब्यवसाय करको रकम बाँडफाँड तथा ब्यवस्थापनका लागि मेची उद्योग बाणिज्य सङ्घसँग भएको सहकार्य र सम्झौतालाई निरन्तरता दिने नीति अवलम्बन गरिनेछ ।
१०. नगर क्षेत्रमा ब्यापार ब्यवसाय गर्ने ब्यवसायीहरुलाई ब्यक्तिगत दुर्घटना विमा कार्यक्रम सञ्चालन गर्न गराउन मेची उद्योग बाणिज्य सङ्घसँग सहकार्य गरिनेछ ।
११. नगर क्षेत्रमा ब्यवसाय दर्ता भै नगरपालिका र मेची उद्योग बाणिज्य सङ्घमा आवद्ध भएका ब्यवसायीहरुको ब्यवसायमा दैविक प्रकोप (आगलागी, भूकम्प, बाढी) जस्ता कारणले ब्यवसाय क्षति भएका ब्यवसायीहरुलाई राहत उपलब्ध गराउन मेची उद्योग बाणिज्य सङ्घले स्थापना गरेको अक्षय कोषमा कोष बृद्धिका लागि आवश्यक बजेटको ब्यवस्थापन गरि उपलब्ध गराइने नीति अवलम्बन गरिनेछ ।
१२. नगरपालिकामा सवैभन्दा वढी कर तिर्ने करदाताहरुलाई र उत्कृष्ट व्यवसायी÷उद्योगीलाई सम्मान गर्ने कार्यक्रमको थालनी गरिनेछ ।
१३.नगरपालिकालाई वुझाउनु पर्ने रकम नवुझाउने व्यक्ति, सङ्घ संस्थाहरुको सूची सार्वजनिकिकरण गर्ने र प्रचलित ऐन कानून वमोजिम असुलउपर गर्ने कार्यलाई प्रभावकारी वनाइनेछ ।
१४. युवाहरु लक्षित गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सिप विकास परियोजना, राष्ट्रिय शिप प्रशिक्षण केन्द्र र स्थानीय सहकारीहरुसँग समन्वय गरी निःशुल्क शिप विकास तालिम सञ्चालन गर्ने र व्यवसायका लागि पूँजी व्यवस्थापन गर्न सहयोग गरिनेछ ।
१५. नगरपालिकाको वाँकी पेश्की, वेरुजु फछ्र्यौट असूल उपर गर्ने कार्यलाई प्रभावकारीरुपमा अगाडि वढाइनेछ ।
१६. नगर क्षेत्र भित्र रहेको प्राकृतिक श्रोतको (नदीजन्य खनिज पदार्थ सहित)को समुचित प्रयोगका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गराइनेछ ।
१७. खर्च गर्ने अख्तियारी र खर्चको कार्यविधि स्थानीय सरकार सञ्चालन ऐनको दफा ७३ वमोजिम गर्न व्यवस्था मिलाइनेछ ।
१८. योजना तथा कार्यक्रम सञ्चालन गर्दा, सेवा तथा सामाग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन, नियमावली तथा आर्थिक कार्यविधि अनुसार गरिनेछ ।

वातावरण तथा विपद व्यवस्थापन सम्वन्धी नीति ः
१. दिशाजन्य लेदो पदार्थ व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापन गरी वातावरण मैत्री आधुनिक प्रविधिबाट कार्यान्वयन गरिनेछ । फोहोरमैला व्यवस्थापनका लागि उत्पादन स्थलमा नै वर्गीकरण गर्ने प्रक्रिया प्रारम्भ गरिनेछ ।
२. स्थानीय टोल विकास संस्था र गैर सरकारी संस्थाहरुको परिचालन गरी खुल्ला दिशामुक्त क्षेत्र अभियान, प्लास्टिक मुक्त अभियान र घरेलु फोहोरमैला व्यवस्थापनका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
३. नगरस्तरीय र वडास्तरीय सडकको दायाँ वायाँ मापदण्ड तोकी वृक्षारोपण गरिनेछ । टोलस्तरीय सडकमा समेत वृक्षारोपण गर्न टोल विकास संस्थालाई प्रोत्साहन गरिने छ ।
४. वातावरणमैत्री हरित नगर विकास गर्न घरनक्शा पास गर्दा सङ्ख्या तोकी विरुवा हुर्काउन अभिप्रेरित गर्ने नीति अवलम्वन गरिनेछ ।
५. नगर तथा वडास्तरीय विपद व्यवस्थापन योजना तर्जूमा गरिनेछ । विपदमा पर्न सक्ने व्यक्तिहरुको अल्पकालिन व्यवस्थापनका लागि विपद व्यवस्थापन केन्द्र निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रकृया अघि वढाइनेछ ।
६. हरेक वडा वजेटमा वडास्तरीय विपद व्यवस्थापन वजेटको व्यवस्था गरी विपद जोखिम न्यूनिकरण गरिनेछ ।
७. विपद व्यवस्थापनका लागि आवश्यक पर्ने तारजाली, वोरा र सामाग्री तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइनेछ ।
८. विषादी मुक्त व्यवसायिक अन्न तथा तरकारी खेती गर्नका लागि कृषकलाई विशेष प्रोत्साहन गरिनेछ ।
९. खाद्य वस्तुको गुणस्तर मापन, नियमित वजार अनुगमन, छाडा चौपाया नियन्त्रणका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।
१०.वारुणयन्त्र सञ्चालनका लागि छुट्टै कोष निर्माण गरी कार्यान्वयन गर्न कार्यविधि तयार गरिनेछ । यस कोषमा प्रत्येक घरधुरीबाट उठने रकम जम्मा गरी वारुणयन्त्रको सञ्चालन र व्यवस्थापन गरिनेछ ।
११. स्थानीयस्तरमा सुकुम्वासीको वसोवास व्यवस्थापनका लागि सम्भाव्य क्षेत्रको खोजी गरी योजना तर्जूमा प्रक्रिया प्रारम्भ गरिनेछ ।
१२. नदी उकास क्षेत्र, नदी तटवन्धन गरी खाली जमिन निकाल्ने र यस प्रकारका क्षेत्रमा वातावरण मैत्री योजना वनाइने छ । यस प्रयोजनका लागि ऐलानी प्रति जग्गा समेत प्रयोग गर्न सकिने अवधारणा विकास गरिनेछ । साथै नगरको स्वामित्वमा रहेका जमिन र माथी उल्लेखित जमिनको नापजाँच गरी संरक्षण गर्ने योजना तयार गरिनेछ ।
१३. नगर क्षेत्र भित्रको जमिनको वर्गीकरणका लागि भूउपयोग नीति तयार गरी कार्यान्वयन गरिनेछ ।
१४. सामुदायिक वन, नीजि वन क्षेत्रको विकासका लागि राष्ट्रिय नीति भित्ररही पर्यटन विकास, आय आर्जन तथा गरीवि न्यूनिकरण जस्ता कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।
१५. हात्ती लगायत जङ्गली जनावरबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न, वेला वखतमा देखिने विभिन्न प्रकृतिका महामारीको नियन्त्रण गर्न विशेष योजना तयार गरी कार्यान्वयन गरिनेछ ।

ङ. सामाजिक विकास सम्वन्धी नीति ः
१. शिक्षा तथा खेलकुद विकास सम्वन्धी ः
क. विद्यार्थी सङ्ख्या र भौगोलिक दुरीका आधारमा विद्यालय तथा शिक्षक दरवन्दी समायोजन गर्ने नीति निर्माण गरी अघि वढाइनेछ ।
ख. हरेक वडामा एक सामुदायिक माध्यमिक विद्यालय सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ । वडा अध्यक्षको रोहवरमा विद्यालय व्यवस्थापन समिति गठन गर्न पहल गरिनेछ ।
ग. हरेक विद्यालयलाई लैङ्गिक मैत्री, वालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री र प्रविधि मैत्री वनाइँदै लगिनेछ ।
घ. नगरभित्रका आधारभूत विद्यालयलाई प्रविधिमैत्री वनाउन जिन्सी समान उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ ।
ङ. सामुदायिक विद्यालयको जग्गा जमिनको संरक्षण, व्यवस्थापन र प्रयोगका लागि नीति निर्माण गरिनेछ । यस प्रकारका जमिनहरुमा प्राविधिक शिक्षालय र आर्यआर्जनका योजनाहरु निर्माण गरी कार्यान्वयन गरिनेछ ।
च. निजी विद्यालयहरु तथा क्याम्पसहरुको शुल्क स्थानीय तहबाट निर्धारण गर्ने व्यवस्था मिलाइनेछ ।
छ. निजी विद्यालयहरुवाट दिइने अतिविपन्न जेहेन्दार विद्यार्थीका लागि निःशुल्क अध्ययन गर्न नेपाल सरकारले तोकेको निःशुल्कताका लागि तोकेका प्रतिशत मापदण्डलाई कार्यान्वयन गरिनेछ ।
ज. नगरपालिका भित्र सञ्चालनमा रहेका मदरसा, गुम्वा, गुरुकुल तथा अन्य शिक्षा केन्द्र, अध्ययन केन्द्रको आवश्यकताको अधारमा भौतिक पूर्वाधारसहित गुणस्तर अभिवृद्धि गरिनेछ ।
झ. मेचीनगरलाई पूर्ण साक्षर नगर वनाउन योजना तथा कार्यक्रम वनाइनेछ ।
ञ. स्थानीय सञ्चारकर्मी, सञ्चार गृह र पत्रकारिताको संस्थागत विकास र क्षमता विकासका लागि कार्यक्रम तर्जूमा गरिनेछ ।
ट. नगर शिक्षा समिति गठन गरी नगर क्षेत्रमा रहेका सवै सामुदायिक विद्यालयबाट चौमासिक प्रगति समीक्षा कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
ठ. नगरपालिका क्षेत्र भित्र रहेका खेलमैदानहरुलाई व्यवस्थितरुपमा विकास गरिनेछ । एउटा रङ्गशाला र वहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि वाह्य श्रोत जुटाउन पहल गरिनेछ ।
ण. राष्ट्रियस्तरको फुटवल प्रतियोगिता सञ्चालनका गर्नका लागि मेचीनगर गोल्डकपको व्यवस्था मिलाइनेछ ।
त. नगरस्तरीय वाल खेलकुद महोत्सव तथा फुटवल, भलिवल, क्रिक्रेट, व्याडमिन्टन आदि खेलका लागि कार्यक्रम वनाई कार्यान्वयन गरिनेछ ।
थ. विद्यालयस्तरमा कम्प्यूटर शिक्षालाई प्रोत्साहित गर्न सामुदायिक विद्यालयहरुमा सोलार जडानका लागि आवश्यक म्याचिङ उपलब्ध गराइनेछ ।

२. सामाजिक परिचालन तथा गरिवी निवारण ः
क. सामाजिक परिचालनको प्रकृया मार्फत टोल विकास संस्थाको गठन तथा परिचालन गरिनेछ ।
ख. टोल विकास संस्था मार्फत उद्यम समुहहरु गठन गरी त्यस्ता समुहलाई शिप विकास तालिम दिने र उद्यम सञ्चालनका लागि ऋण पूँजी प्रदान गरिनेछ ।
ग. सुकुम्वासी र गरिववस्ती पहिचान गरी टोल विकास मार्फत अति आवश्यक सुविधा विस्तार गरिनेछ ।
घ. जातीय, लैङ्गिक विभेद तथा घरेलु हिंसा न्यूनिकरण गर्न, कुप्रथा अन्त्य गर्न टोल विकास संस्थाहरु मार्फत सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

३. स्वास्थ्य तथा जनसंख्या सम्वन्धी नीति ः
क. गुणस्तरीय स्वास्थ्य सेवाका लागि आधारभूतसेवा (मातृशिशु, परिवार स्वास्थ्य, पोषण, वहिरङसेवा, स्वास्थ्य शिक्षा)लाई प्राथमिकतासाथ अगाडि वढाइनेछ ।
ख. सूचिकृत गुणस्तरीय निःशुल्क औषधी, उपकरण र स्वास्थ्य सामाग्रीको निरन्तर आपूर्ति र उपयोगलाई सुनिश्चित गरिनेछ ।
ग. स्वास्थ्य क्षेत्रको व्यवस्थित तथा गुणस्तरीय विकासका लागि सार्वजनिक तथा निजी क्षेत्रको तथा अन्य सङ्घसंस्थाहरुको सहकार्यलाई प्रवर्धन गरिनेछ ।
घ. शहरी स्वास्थ्य सेवालाई सुदृढिकरण, व्यवस्थापन एवम् विस्तार गर्दै सोको लागि साधन, श्रोत र दक्ष जनशक्तिको व्यवस्थापन गर्दै लगिनेछ ।
ङ. नगरपालिका अन्र्तगत कार्यरत महिला स्वास्थ्य स्वयम्सेविका र अन्य स्वयम्सेविकाहरुको उत्प्रेरणाका लागि कार्यक्रम तर्जूमा गरी कार्यान्वयन गरिनेछ ।
च. नगर क्षेत्रमा विपन्न परिवारको छनौटगरी वर्षमा कम्तिमा ३०० जनाका लागि स्वास्थ्य विमा कार्यक्रम लागू गर्दै लगिनेछ ।
छ. आवश्यकता अनुसार स्वास्थ्य सम्वन्धी विनियम र निर्देशिकाहरुको विकास गरी कार्यान्वयन गरिनेछ ।

४. लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्वन्धी नीति ः
क. वाल मैत्री शासन, वाल श्रम मुक्त नगर घोषणाका लागि दिगो र प्रभावकारी नीति वनाई कार्यान्वयन गरिनेछ ।
ख. महिलाहरुको क्षमता अभिवृद्धि गर्न सीपमूलक तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
ग. ६० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई कार्यविधि वनाई परिचय पत्र वितरण गरिनेछ ।
घ.आदिवासी, जनजाति, मधेसी, दलित, सिमान्तकृत तथा अल्पसङ्ख्यक वर्गकोहरुको क्षमता अभिवृद्धि, भाषा, धर्म, संस्कृति संरक्षण तथा सम्वर्धनमा विशेष जोड दिइनेछ ।
ङ. नगर क्षेत्रभित्र रहेका धार्मिक आस्था केन्द्रहरुको संरक्षण गरिनेछ ।
च. अपाङ्गता भएका व्यक्ति, अनाथ असाहय व्यक्ति र विपन्न वर्गका व्यक्तिका लागि विशेष सामाजिक सुरक्षाका कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।
छ. युवा लक्षित कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।

५. सरकारी तथा गैर सरकारी सङ्घसंस्था सम्वन्धी नीति ः
क. नगरपालिकाको वजेट, नीति तथा कार्यक्रम तयार गर्दा विषयगत कार्यालय र अन्य सरकारी कार्यालयहरुसँग समन्वय गरिनेछ ।
ख. कार्यक्रममा दोहोरोपन आउन नदिनका लागि नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी सङ्घसंस्थालाई कार्यक्रम सङ्चालन पूर्व नगरपालिकासँग स्वीकृति लिनुपर्ने व्यवस्था गरिनेछ ।

६. विज्ञान तथा प्रविधि ः
क. उपयुक्त स्थानको छनौट गरी विज्ञान प्रविधि सीप सिकाई केन्द्र सहितको साइन्स सिटी सेन्टर स्थापना गर्न कार्य प्रारम्भ गरिनेछ ।

च. विधेयक सम्वन्धी नीति ः
१. नेपालको संविधान, सङ्घीय ऐन, प्रदेश ऐनसँग नवाझिने गरी नगरपालिकाले आफनो कार्यक्षेत्रसँग सम्वन्धित आवश्यक नियमावली र विनियमावलीजस्ता कानूनहरु वनाई स्थानीय शासनलाई प्रभावकारी वनाउँदै लगिनेछ ।

सभाध्यक्ष महोदय,
योजना तर्जूमा जस्तै यसको कार्यान्वयन पनि महत्वपूर्ण पक्ष हो । हामीले तर्जूमा गरेका कतिपय नीति तथा कार्यक्रमहरु सम्पादन गर्न सवैको सहकार्य, साझेदारी तथा रचनात्मक सहयोगको आवश्यकता पर्दछ । अतः यस मेचीनगरको विकासका लागि सम्पूर्ण राजनैतिक दल, सरकारी निकायहरु, नीजि तथा सहकारी क्षेत्र, अन्र्तराष्ट्रिय सङ्घसंस्थाहरु, सामाजिक तथा सामुदायिक संस्था, दातृ निकाय तथा सम्पूर्ण सरोकारवाला एवम् समग्र नगरवासीहरुको प्रभावकारी भूमिकाको अपेक्षा गरेको छु ।

अन्त्यमा, यो नीति तथा कार्यक्रम तयार गर्न सहयोग पु¥याउनु हुने विषयगत समिति, विषयगत कार्यालय, नगरपालिकाका कर्मचारीहरुलाई धन्यवाद दिन चाहान्छु । यसै गरी वजेट, नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नु हुने नगर उपप्रमुख लगायत सम्पूर्ण कार्यपालिका सदस्य, नगर सभा सदस्यज्यूहरु तथा कर्मचारीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । धन्यवाद ।
(मेचीनगर नगरपालिकाको बुधवार आयोजित प्रथम नगर सभाबाट पारित नीति तथा कार्यक्रमको पूर्ण विवरण)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: