मेचीनगर सोकासले दियो विद्यार्थीलाई स्वीटर

  प्रकाशित मिति
२२ पुष २०७५, आईतवार १२:२६


मेचीनगर । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले आइतबार एक स्कूललाई जाडोका लागि न्यायो कपडा वितरण गरेको छ ।

बुद्धशान्ति– ५ स्थित जनज्योति आधारभूत विद्यालयका १४३ जनालाई साकोसले स्वटीर वितरण गरेको हो ।

संस्थाले गतबर्षदेखि आफ्नो बार्षिकोत्सवको अवसरमा पारेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोका लागि स्वीटर वितरण गर्दै आएको संस्थाका अध्यक्ष कमल काफ्लेले बताए ।


उनका अनुसार गतबर्ष मेचीनगर–९ को हरि आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरिएको थियो । ‘विपन्न वर्गका परिवारले मात्र सामुदायिक विद्यालयमा नानीहरु पढाउँछन्’, उनले भने, ‘बर्षेनी जाडोका समयमा न्यायो कपडा नहुँदा स्कूल जानबाट नानीहरु बञ्चित हुनु नपरोस् भनेर स्वीटर बाँडिएको हो ।’

बरिष्ठ साहित्यकार तेजराज खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष बासुदेव खतिवडा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राते धिमाल, प्रधानाध्यापक टुकबहादुर साँवा, साहित्यकार कृष्ण सुमार्गीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका व्यवस्थापक मानस सिटौलाले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि अध्यक्ष काफ्ले प्रकाश पारेका थिए भने स्वागत मन्तव्य सोकासका उपाध्यक्ष शिवकुमार रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: