मेचीनगर–१० मा एमालेको वडा नेतृत्व सर्वसम्मत, अध्यक्षमा बलराम

  प्रकाशित मिति
६ कार्तिक २०७८, शनिबार १८:०९


मेचीनगर, ६ कार्तिक । नेकपा एमालेको मेचीनगर वडा नं. १० मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको दोस्रो वडा अधिवेशनले बलराम चिमरियाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । यस अघि प्रकाश खड्काको अध्यक्षतामा वडा कमिटी थियो ।

प्रदेश कमिटी सदस्य ज्ञाननाथ घिमिरे प्रमुख अतिथि रहेको अधिवेशनमा प्रदेश सभा सदस्य एवम् जिल्ला कमिटी सचिवालय सदस्य गोपालचन्द्र बुढाथोकी, झापा विद्रोहमा १७ वर्ष जेल व्यहोरेका वरिष्ठ कम्युनिस्ट नेता सानोदुर्गा अधिकारी लगायत अतिथि रहेका थिए ।

देशभर एकसाथ वडा अधिवेशन हुँदा मेचीनगर–१० मा सर्वसम्मत नेतृत्व चयन भएको हो । वडा कमिटीमा विकाससिंह खड्का, रोशनी तामाङ, तपन बरायली, नारायण खनाल, शिवचरण कायस्थ, सोम ओझा, निर्मल दाहाल, भीमप्रसाद लामिछाने, बिजय राजबंशी, विक्रम कनाल, मुकेश ठाकुर, कृष्ण आचार्य, कृष्णमाया बिके लगायत चयन भएका छन् ।

अधिवेशनमा प्रदेश सांसद् बुढाथोकीको संयोजकत्वमा अध्यक्ष मण्डल बनाइएको थियो । सर्वसम्मत चयन भएको कमिटीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश कमिटी सदस्य ज्ञाननाथ घिमिरे र सांसद् गोपालचन्द्र बुढाथोकीले नेकपा एमाले नेपाली जनताको आशा र भरोसाको पार्टी भएको र आगामी निर्वाचनमा पार्टीले सहजै बहुमत ल्याउने दावी गरेका थिए ।

कार्यक्रममा वडाका इञ्चार्ज अनिल पौडेलले स्वागत र युवा नेता धर्मेन्द्र खड्काले उद्घोषण गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेका दश जनाभन्दा बढीलाई अबिर लगाएर पार्टी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: