मेचीनगर–१५ को पनि मतगणना सुरु

  प्रकाशित मिति
१ जेष्ठ २०७९, आईतवार १९:४८


मेचीनगर, १ जेठ । मेचीनगर वडा नं १५ को मतगणना आइतबार बेलुका ६ बजेदेखि सुरु भएको छ ।
वडा नं १ को मतगणना सँगै १५ नम्बर वडाको पनि सुरु भएको हो ।

मेचीनगर–१ को पछिल्लो ७२८ मत गणना भइसकेको छ । १ नं को थप चारवटा मतपेटिकाको मत गन्ने काम भइरहेको छ । मेचीनगरको मतगणना शनिबार दिउँसो १ः३० बजेबाट सुरु भएको थियो ।

मध्यराति फेरि विवादका कारण रोकिएको थियो । आइतबार मध्यन्न १२ वजे वडा नम्बर १ को मतगणना सुरु भएको थियो ।

मतगणना कार्य सुस्त हुँदा मतदाताहरु दिक्क बनेका छन् । मत परिणाम सुन्न नगरपालिका कार्यालय छेउमा सयौँ कार्यकताहरु हिजैदेखि बसेका छन् ।

यसैबीच झापाका सिडिओ छविराज रिजालले मेचीनगरको मतगणना कार्यको अनुगमन गरेका छन् । उनलाई मतदाताहरुले मतगणना कार्य सुस्त भएको गुनासो गरे ।

सम्भवत सोमबारदेखि मतगणना छिटो गर्नेगरी तयारी थालिएको निर्वाचन कार्यालले जनाएको छ । अब पाँच ठाँउबाट मतगणना गर्ने तयारी कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: