मेचीनगर–१ र १५ : मेयर–उपमेयरमा एमालेको अग्रता

  प्रकाशित मिति
१ जेष्ठ २०७९, आईतवार २१:५३


मेचीनगर, १ जेठ । मेचीनगर–१ नम्बर वडामा अग्रता लिएको एमालेका मेयर र उपमेयर पदका उम्मेद्वारहरुले १५ नम्बर वडामा पनि अग्रता कायमै राखेका छन् ।
बेलुका ९ वजेर २० मिनेटमा  आएको मतको नतिजा अनुसार मेचीनगर–१५ मा एमालेबाट गोपाल चन्द्र बुढाथोकी २ मतले अगाडि छन् ।

१०० मत गन्दा मेयर पदमा एमालेका बुढाथोकीले ३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ३२ मत र राप्रपाका मेयर पदका उम्मेद्वार रमेश दाहालले ४ मत प्राप्त निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपमेयर पदमा एमालेकी मिना पोखरेल उप्रेतीले ३१ मत प्राप्त गरेकी छन् । उपमेयरमा माओवादी केन्द्रका प्रकाश भण्डारीले १६ मत र राप्रपाकी उपमेयर सविना बजगाईले १६ मत प्राप्त गरेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: