मेचीनगर–१ लाई ३३ बोरा चामल सहयोग

  प्रकाशित मिति
६ बैशाख २०७७, शनिबार २२:५०


मेचीनगर । सडकदेखि गाउँ स्तरसम्म राहत बितरणमा सक्रिय झापाका सामाजीक अभियन्ताले वडालाई राहत सामग्री दिएका छन ।

डकडाउनको समय कोहि भोकै मर्नु नपरोस भन्ने उद्देश्यले सुरु गरिएको अभियान अन्र्तगत शनिबार मेचीनगर नगरपालिका वडा न. १ लाई राहत सामग्री प्रदान गरिएको हो ।

अभियन्ता सञ्चारकर्मी खगेन्द्र घिमिरे, सचिन न्यौपाने, नरेश मोहरामार्फत वडालाई चामल उपलब्ध गराइएको हो ।

नगर र वडाबाट पहिलो चरणको राहत बितरण सकिएपछि गाउँमा रहेका जनताहरुमा थप राहत आवश्यक परेकाले वडा न. १ बाट यो अभियान सुरु गरिएको छ ।

वडाध्यक्ष पासाङ तामाङलाई राहत सामग्रीको रुपमा ३० किलोको ३३ बोरा मन्सुली चामल हस्तान्तरण गरिएको थियो ।

वडाध्यक्ष तामाङले उक्त खाद्यान्न केहि दिन भित्र विपन्न परिवारको घरसम्म पुर्याउने बताए ।

अभियानलाई स्वदेश तथा बिदेशका दाताहरुले सहयोग गर्दै आएका छन् । यसअघि जिल्ला कारागार र गाउँमा पुगेर राहत तथा आवश्यक सामग्री बितरण गर्दै आएको अभियन्ता घिमिरेले जानकारी दए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: