मेचीनगर–४ को क्वारेन्टिनमा बसेकी महिलामा कोरोना

  प्रकाशित मिति
१ श्रावण २०७७, बिहीबार १५:३८


मेचीनगर । मेचीनगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको क्वारेन्टिनमा बसेकी २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत असार १७ गते भारतको दिल्लीबाट काँकरभिट्टा हुँदै उक्त क्वारेन्टिनमा आएर बसेकी थिइन् ।

उनको गत असार २९ गते पीसीआरको नमुना परीक्षण गरेर धरानको कोभिड–१९ को प्रयोगशाला पठाइएको थियो ।

उनको विहीबार पीसीआरको रिपोर्ट पोजेटिभ आएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

उनलाई आजै विराटनगरको कोभिड अस्पताल उपचारका लागि पठाइएको बताइएको छ ।

ती महिलाको पीसीआरको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले आज दिउसो पुष्टि गर्नेछ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यसमध्ये ३८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: