मेचीनगर । मेचीनगरको ४ नम्बर वडा कार्यालयले वडामा रहेका टोल विकास संस्थाहरुलाई टनेल हस्तान्तरण गरेको छ ।
वडाको २२ वटा टोल विकास संस्थाहरुलाई वडा कार्यालयले टनेल हस्तान्तरण गरेको हो ।
वडालाई तरकारीमा आत्मनिर्भर बनाउँने उद्देश्यले निःशुल्क टनेल हस्तान्तरण गरिएको वडाध्यक्ष नविन बरालले जानकारी दिए ।
वडालाई कृषिमैत्री बनाएर बेमौसमी तरकारी उत्पादनको निम्ति वडा भित्रका सवै बाँझो जग्गामा खेतिपाती गर्ने सोचले प्रतिगोटा ६ हजार मुल्य बराबरका टनेल वितरण गरिएको उनले बताए ।
यसअघि पनि एकहजार १ सय ५० घरधुरीलाई टोल विकास संस्थामार्फत घरघरमा पुगेर करेला, लट्टेको साग, भिण्डी, घिरौला, बोडी, लौकाको विउँविजन वितरण गरि सकिएको वडाध्यक्ष बरालले बताए ।