मेचीनगर–५ मा राहत वितरण

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार २१:११


मेचीनगर । मेचीनगर नगरपालिका ५ नम्बर वडा कार्यालयले आफ्ना वडाका विपन्न परिवारलाई राहत सामग्री वितरण शुरु गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लक डाउन घोषणा गरेपछि दैनिक मजदूरी गरी जीवीको पार्जन गर्दै आएको विपन्न परिवारलाई खाद्यान्न संकट शुरु भएपछि वडाले राहत वितरण शुरु गरेको हो ।

वडाले केन्द्रिय नीति अनुसार परिवार संख्याका आधारमा राहत वितरण शुरु गरेको वडा अध्यक्ष योगेन्द्र थापाले बताए ।

मेचीनगर नगरपालिकाबाट १ सय ३० घर परिवारको लागि राहत सामाग्री प्राप्त भएको र जीवन विकास संस्थाले ६५ घर परिवारको लागि तथा सत्य साई केन्द्र मेचीनगर–५ ले १० घर परिवारको लागि राहात सामाग्री उपलब्ध गराएको थियो । बाँकी २ सय ५९ घर परिवारको लागि वडा बजेटबाट खाद्य सामाग्री खरिद गरी वितरण शुरु गरिएको वडाध्यक्ष थापाको भनाई छ ।

वडा कार्यालयले मङ्गलबार नव प्रगति, प्रगति, नकलवन्दा, मधु, मदन, पशुपति, जागरण लगायत १२ वटा टोल विकास समितिका १ सय २६ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको वडा सचिव यशु लिम्बूले जानकारी दिए ।

वडा कार्यालयले बुधबार सम्ममा वडामा रहेका २४ वटै टोलका अति विपन्न समुदायका ४ सय ६४ घर परिवारलाई राहत सामाग्री वितरण गरिने योजना रहेको वडा सचिव लिम्बूले बताए ।

थोरै मात्रामा भएपनि राहत पाउँदा विपन्न परिवार हर्षित बनेका थिए । राहत वितरणको लागि वडा सदस्य नारायण खड्का, मेघराज गेलाल, नकलवन्दा प्रहरी चौकीका असई राजकुमार रायाँमाझीको टोली खाद्यान्न सामाग्रीसहित विभिन्न टोल–टोलमा पुगेका थिए ।

त्यसैगरी अन्य वडा–वडाका अति विपन्न घर परिवारलाई राहत सामग्री वितरण गर्न शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: