मेचीनगर–७ का ९ घरका परिवार विस्थापित (फोटो फिचर)

  प्रकाशित मिति
२८ असार २०७७, आईतवार १४:५५


।। अर्जुन कार्की ।।

मेचीनगर । लगातारको अविरल वर्षासँगै आएको पालिया खोलाको बाढीले मेचीनगर–७ का ९ घरका परिवार विस्थापित भएका छन् ।

पालिया खोलाको बाढीले मेचीनगर–७ स्थित सिद्वार्थ टोलका सुदिप सरकार, सोनु राजबंशी, जयप्रकाश शर्मा, मदन खड्का, नगेन्द्र मुखिया, प्रेमबहादुर थापा, सरिता सुनुवार, निर्मला परियार र पप्पु शर्माका ९ घरका परिवार विस्थापित भएका हुन् ।

एक हप्तादेखि आएको पानीले उनीहरुको घर पूरै डुवानमा परेकाले शनिबार राति ९ वजे नगरपालिका र प्रहरीको सहयोगमा प्यारीभिट्टाको बसपार्कमा सारिएको थियो ।

बाढीले उक्त परिवारलाई थप जोखिम नहोस भनेर मेचीनगर प्रमुख विमल आचार्य, नेकपाका नेता माधव अर्याल, प्रहरी पोष्ट ईटाभट्टा लगायतको सहयोगमा ९ घर परिवारका ४२ जना मानिसलाई रातिनै प्यारीभिट्टाको बसपार्कमा सारिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: