धुलाबारी । मेचीनगर नगरपालिका ८ मा नेकपा एमाले विजयी भएको छ । एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार विकेन्द्र धिमालले १ हजार ४ सय ९ मत प्राप्त गर्दै विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गिरिराज धमलालाई ६० मतको अन्तरले पराजित गर्दै धिमाल वडा अध्यक्ष पदमा विजयी भए । धमलाले १ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।
८ नम्बर वडामा महिला वडा सदस्य बाहेक अरु सबै पदमा एमाले विजयी भएको छ । महिला सदस्यमा कांग्रेसका खिला मेचेले १ हजार ३ सय ४२ मत प्राप्त गर्दै विजयी भए ।
त्यस्तै दलित महिला वडा सदस्यमा नेकपा एमालेका विष्णु बराइली १ हजार ३ सय ६३, खुल्ला वडा सदस्य प्रथममा एमालेबाट गंगा पाठकले १ हजार २ सय ४४ र खुल्ला वडा सदस्य दोस्रो तर्फ पनि एमाले कै सन्तोष मेचे १ हजार २ सय ८५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।