मेचीपुलमा मानिस र गाडीको लर्को

  प्रकाशित मिति
२७ जेष्ठ २०७७, मंगलवार २१:३९


मेचीनगर । पूर्वी सीमा नाका काँकरभिट्टामा नेपाल तथा भारत जानेको मेचीपुल मुनि र माथिबाट मानिसहरुको लर्को दिनौँ देख्न सकिन्छ ।

नेपालका विभिन्न जिल्लामा मजदुरी गरेर फर्किएका भारतीय नागरिकहरुको मेचीपुलमा लर्को छ ।

भारतबाट नेपाली नागरिकहरु पनि आइरहेका छन् । त्यस्तै भारतीय मालबाहक गाडीहरु पनि मेची भन्सार कार्यालय आउनेको ताति उत्तिकै छ ।

मङ्गलबार नेपालबाट १ हजार मानिस भारत छिरे भने उताबाट पनि एकसय जना नाकाबाट काँकरभिट्टा भित्रिएका छन् ।

नेपाल भित्रिएका ९८ जना नेपाली नागरिकहरुको काँकरभिट्टा माविको मैदानमा नेपाली सेनाको संयुक्त टोलीले आरडीटी टेष्ट गरेको नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले बताए ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: