मेचीपुलमा सयौँको संख्यामा मानिसको भीडभाड (फोटो फिचर)

  प्रकाशित मिति
२२ जेष्ठ २०७७, बिहीबार १८:४१


।। अर्जुन कार्की ।।

मेचीनगर । नेपाल र भारतका विभिन्न जिल्लाबाट काँकरभिट्टा नाका आइपुगेका सयौँको संख्याका मानिसहरु मेचीपुमा अलपत्र परेका छन् ।

उनीहरुलाई नेपाल र भारतका प्रहरीहरुले नाम टिपाउँदै छोड्ने गरिएको छ ।

नेपाल आउने भन्दा पनि भारत नै जानेको संख्या मेचीपुलमा सयौँको छ । उनीहरुलाई खाना खुवाउने काम पनि काँकरभिट्टा सोसाईटीले धमाधम गरिरहेको अवस्था छ ।

विहीबार दुवै देशबाट दुधेवालबच्चा समेत च्यापेर आएका हजारौँको संख्याका मानिसहरुको भीडभाड मेचीपुलमा देख्न सकिन्छ ।

उनीहरुमध्ये केहिलाई भारत र भारतबाट आउने नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ प्वाइन्टमा राख्ने तथा कसैलाई आआफ्नो जिल्ला पठाउने काम भइरहेको छ ।

यता काँकरभिट्टा बसपार्कमा भारत जानका लागि तीन गाडी मानिस तैनाथरुपमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: