मेचीपुल पारी नै पुगेर अलपत्रलाई खाना खुवाउँदै सोसाईटी (फोटो फिचर)

  प्रकाशित मिति
२३ जेष्ठ २०७७, शुक्रबार २१:००


मेचीनगर । काँकरभिट्टा सोसाईटीले प्रहरीको सहयोगमा मेची पुलदेखि पारी नै पुगेर अलपत्र परेका भारतीय र नेपाली नागरिकहरुलाई खाना खुवाएको छ ।

शुक्रबार ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलको सहयोगमा मेचीपुल पारी पुगेर अलपत्र परेका नागरिकहरुलाई खाना खुवाईएको सोसाईटीका सदस्य राजु कार्कीले बताए ।

सीमा नाकाबाट भारत जाने र आउने करिव २००० जना नागरिकहरुलाई काँकरभिट्टा माविको होल्डिङ प्वाइन्ट, बसपार्क, मेचीपुल र पारी पट्टी पुगेर खाना खुवाईएको सोसाईटीका अर्का सदस्य सुरेशकुमार श्रेष्ठ (गोपाल) ले जानकारी दिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: