मेचीमा आइसोलेशन कक्ष

  प्रकाशित मिति
८ चैत्र २०७६, शनिबार १९:०३


भद्रपुर । मेची अस्पतालमा ८ वटा बेड क्षमताको आइसोलेशन सेवा सञ्चालनको तयारी गरिएपछि अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा भने त्रास फैलिन थालेको छ ।
सरकारको निर्णय अनुसार कम्तीमा ५ बेड क्षमताको आइसोलेशन वार्ड निर्माण गर्न अञ्चल अस्पतालले दायित्व पाएपछि साविकको सर्जिकल वार्डको उत्तरी भागका दुई कक्षलाई व्यवस्थित रुपान्तरण गरी आइसोलेशन कक्ष निर्माण गरिएको हो ।
आइसोलेशन वार्ड तयार गरिएपछि कोभिड–१९ संक्रमित आउने त्रासले अस्पतालका स्वास्थयकर्मीमा नकारात्मक प्रभाव परेको पाइएको छ ।
रोगीबाट बच्नसक्ने उपकरण तथा स्रोत साधनको अभाव रहेको भन्दै स्वास्थ्यकर्मी नै संक्रमण हुने जोखिमको चिन्तामा रहेका हुन् । त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार आइसोलेसन वार्ड नबन्दासम्म अस्पतालमा कोभिड–१९ संक्रमित बिरामी आउने सम्भावना थिएन ।
उजका अनुसार बिरामीलाई सदा झैं उपचार सेवा दिँदा त्रास थिएन तर आइसोलेसन बेड निर्माण भएपछि तनाव बढेको छ । ‘ज्वरो र रुघाखोकी लागेका बिरामी उपचार गर्न अस्पताल आए भने पनि कोरोना संक्रमितको त्रास हुदोरहेछ’ उनी भन्छन् ।
भारतको विहार नाकाबाट नेपाल आवतजावत खुला रहेका कारण पुरानो गलगलिया बजार दक्षिणको गाउँमा दुई जनामा कोरोना संक्रमित भेटिएको हल्लाले भद्रपुरका बासिन्दा त्रसित छन् ।
दिल्लीबाट आएका चारजना श्रमिकमध्ये दुईजना संक्रमितको उपचार भइरहेको तर संँगै आएका अन्य दुईजना भागेको हल्लाले स्थानीय झनै त्रसित छन् ।
यस्तो हल्ला र त्रासले अञ्चल अस्पतालका कर्मचारीलाई पनि सताएको छ । स्वास्थ्यकर्मी पनि त्रासमा रहनुपर्ने अवस्था हो भन्ने जिज्ञासामा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुर भारतीय खुल्ला सिमानाले नेपालमा कोरोना फैलिने त्रास हुनु स्वाभाविक भएको बताउँछन् ।
यस्तो त्रासलाई रोक्न भारतीय सीमा क्षेत्रबाट निर्वाध आवागमन रोक्न आवश्यक भएको डा. ठाकुरले बताए । अस्पतालमा कार्यरत स्वास्थ्यमर्कीले नडराई विरामीको सेवा गर्नुपर्ने उनको भनाई छ ।
कोरोनाका बिरामीलाई निको पार्ने औषधि यहाँ उत्पादन नभए पनि विरामीले अस्पतालमा आएर उपचार सेवा पाउने अधिकारको रक्षाका लागि आइसोलेसन कक्षमा राखेर सेवा दिन चिकित्सकहरु प्रतिबद्ध रहेको डा. ठाकुरले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: