मेची अञ्चल अस्पतालमा आइसियू सेवा सुरु

  प्रकाशित मिति
११ जेष्ठ २०७४, बिहीबार १८:१८


 

ICU sewa
भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुर झापामा आजदेखि आइसियु सेवा सुरु भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा ४ वटा बेड र २ वटा भन्टिलेटर रहेको आइसियू सेवा सुरु भएको हो ।
रु ८० लाखको लागतमा सञ्चालनमा आएको सेवामा डा. जोसनलाल वज्रचार्यको नेतृत्वमा दैनिक ७ जना स्टाफ नर्सले सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक समितिका अध्यक्ष राम कट्टेलले बताए ।

आइसियु सेवाको उद्घाटन आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गरेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्वर ठाकुरले आईसीयु सेवा आफैमा महंगो हुने भएकोले २५ प्रतिसतसम्मको छुटमा मात्र विरामीलाई सेवा उपलव्ध गराउन सकिने बताए ।

उनका अनुसार आइसियू सेवा लिएवापत विरामीका अवस्था हेरेर दिनको १ हजार पाँच सयदेखि २ हजार सम्म लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: