मेची अञ्चल अस्पतालमा फार्मेसी

  प्रकाशित मिति
२७ चैत्र २०७३, आईतवार १४:२९


mechiझापा । मेची अञ्चल अस्पताल भद्रपुरले आइतबारदेखि आफ्नै स्वामित्वमा औषधि बिक्री केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य मन्त्रलायको नीति अनुसार अञ्चल अस्पतालले आकस्मिक कक्षसँग जोडिएको एउटा कोठामा फार्मेसी सञ्चालनमा ल्याएको हो ।

फार्मेसीको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

अस्पतालका बिरामीलाई अस्पतालभित्रै सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको अस्पतालका अध्यक्ष राम कट्टेलले बताए ।

फार्मेसी इन डिप्लोमा गरेका चार जना कर्मचारी नियुक्त गरी सञ्चालनमा ल्याइएको फार्मेसीमा ८ सय ५ प्रकारका मेडिकल औषधि र २ सय ५० प्रकारका सर्जिकल औषधि पाइने अस्पतालका मेडिकल सुपरिटेन्डेन (प्रमुख) डा. पिताम्बर ठाकुरले बताए ।

मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँबाट फार्मेसी सञ्चालनमा ल्याइएको अस्पतलाका प्रमुख डा. ठाकुरले बताए ।

तीन वटा काउन्टर, कम्प्युटर बिलिङ, सिसी क्यामेरा जडानसहितको फार्मेसीबाट २४ सै घण्टा सेवा उपलब्ध हुने डा. ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: