मेची अञ्चल अस्पतालमा विरामीको चाप

  प्रकाशित मिति
७ पुष २०७६, सोमबार १०:२६


रेवतीराज घिमिरे

भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरमा दैनिक ७ सय भन्दाबढी विमारीहरुले उपचार सेवा लिइरहेका छन् ।

नेपाल सरकारको २८ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दरबन्दी पुरा नभए पनि दरबन्दी अन्तरगतका १० जना छात्राबृत्ति, करार र समिति मार्फत नियुक्त १७ जनासहित २७ जन चिकित्सकहरुबाट निरन्तर सेवा प्रवाह गरिदै आएको छ ।

मेडिसियन, सर्जरी, गाईनो, अर्थो, प्रसुती लगायतका विभन्न ७ वटा बहिरंग कक्षबाट गर्मीको समयमा ७ सय र जाडो मौसममा कम्तीमा दैनिक ३ सय भन्दाबढी विमारीहरुलाई सेवा प्रदान गरिदै आएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत मनोज पोखरेलले जानकारी दिए । अस्पतालमा सेवा विस्तारको चाप दिन प्रतिदिन बढेर गए पनि कुनै बिमारीले पनि सेवा लिनबाट बञ्चीत हुन नपरेको पोखरेलको भनाई छ ।

अस्पतालमा मृगौलाका बिमारीहरुका लागि दैनिक ३ वटा मेशिनवाट ९ जनालाई डाईलोसिस गरिने तथा बिमारीको चापलाई सहजता प्रदान गर्ने उद्देश्यले पछिल्लो समयमा टोकन सिस्टम प्रयोग गर्न थालिएको उनले बताए । अस्पतालको थप सेवा विस्तारका लागि प्राविधिक जनशक्तिको अभाव रहेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. पिताम्बर ठाकुरले बताए ।

एक जना पनि डाक्टर विदामा बस्दा बिमारीको स्वास्थ्य माथि खेलबाड हुन सक्ने बताउदै डा. ठाकुरले चिकित्सकको निरन्तर खटाईकै कारण सामान्य त्रुटी भए पनि धेरैजसो कुराहरुमा हाल सुधार हुँदै आएको छ ।

२०७० सालदेखि चिकित्सकको दरबन्दी रिक्त रहेको अस्पतालमा अहिलेसम्म मन्त्रालयले दरबन्दी अनुसारको चिकित्सक नपठाएको डा.ठाकुरको गुनासो छ ।

ल्यावको सेवा विस्तार, अप्रेसनमा दुरवीनको प्रयोग, भिटामीन डि को सेवा, ल्याप्रोस्कोपी सेवा लगायतका विभिन्न सेवा विस्तारसँगै पछिल्लो समयमा अस्पतालमा सुधार आएको उनले जानकारी दिए ।

अस्पताल व्यावस्थापन समिति लगायतका कर्मचारी तथा चिकित्सकहरुको लगनशिलता र निरन्तर खटाईकै कारण सेवा प्रवाहमा भने कुनै पनि कन्जुस्याई नगरिएको अधिकृत पोखरेलले बताए । झापा, इलाम पाँचथर लगायतका विभन्न क्षेत्रबाट उपचारका लागि मेची अस्पतालमा विमारीहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: