मेची अभियानले काठमाडौँबाट ल्यायो ३८ जना विद्यार्थी

  प्रकाशित मिति
१६ बैशाख २०७७, मंगलवार १५:३०


मेचीनगर । मेची अभियानले काठमाडौँमा बसेर पढिरहेका मेचीनगरका ३८ जना विद्यार्थीहरुलाई मङ्गलबार काँकरभिट्टा ल्याएको छ ।

३५ दिनदेखिको लामो बन्दाबन्दीमा विजोग अवस्थामा काठमाडौँमा बसिरहेका मेचीनगरका ३८ जना विद्यार्थीहरुलाई मेची अभियानले काँकरभिट्टा ल्याएको हो ।

सोमबार दिउँसो काठमाडौँबाट मे १ ख २०९८ नम्बरको एसएस ट्राभल्स बसले मङ्गलबार ती विद्यार्थीहरुलाई ल्याएको हो ।

एसएस ट्राभल्सका सञ्चालक श्याम सुन्दर खेतानले ती विद्यार्थीहरुलाई निःशुल्क ल्याइदिएको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

उक्त विद्यार्थीहरु काठमाडौँदेखि काँकरभिट्टा ल्याइदिन मेची अभियान काठमाडौँ सम्पर्क समितिका संयोजक डिल्लीराम भण्डारी र नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहजिकरण गरिदिएको उनले बताए ।

काँकरभिट्टा आइपुगेका विद्यार्थीहरु आ–आफ्नै घर गइसकेका छन् । उनीहरु काठमाडौँमा होम क्वारेन्टाइनमा नै बसेकाले प्रकृया पुरा गरेर होम क्वारेन्टाइनमा नै बस्ने गरी घर पठाइएको संयोजक डालमियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: