मेची अभियानले १००० थान ‘भिटिएम’ ल्याउने

  प्रकाशित मिति
११ जेष्ठ २०७७, आईतवार २०:३४


मेचीनगर । मेची अभियानले १००० थान स्वाब संकलन गर्ने भाडो (भिटिएम) ल्याउने तयारी गरेको छ ।

अभियानले नेपाल सरकारको सिफारिसमा चीनबाट १००० थान भिटिएम ल्याउने तयारी गरेको हो ।

मेची अभियानका संयोजक विजय डालमियाले करिव १० दिनमा चीनबाट ३ लाख रुपैयाँ खर्च गरेर काँकरभिट्टा ल्याउने तयारी गरिएको बताए ।

उनले उक्त संख्याको भिटिएम मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिने समेत जानकारी दिए ।

त्यस्तै कोरोना जाँचका लागि प्रयोग गरिने पीसीआरका अन्य सामग्री समेत ल्याइने उनले बताए ।

उक्त सामग्री भने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा दिइने डालमियाले बताए ।

अभियानले नगरका अति विपन्न ७१६ जनाको परिवारलाई नगरपालिकाको मापदण्ड अनुसारको राहत सामग्री वितरण गरिसकिएको संयोजक डालमियाले जानकारी दिए ।

अभियानले यसअघि मेचीपुलमा अलपत्र परेका कर्णाली लगायत जिल्लाका ८७ जना नेपाली नागरिकहरुलाई ५६ हजार रुपैयाँ बराबरको खाना खुवाएको थियो ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: