मेची अस्पताल अब २०० शैयाको, मेडिकल कलेज बनाउन प्रस्ताव लगिदै

  प्रकाशित मिति
१ असार २०७८, मंगलवार १९:३३


झापा, १ असार । भद्रपुरको मेची अस्पताललाई दुई सय शैयामा विस्तार गरिने भएको छ ।

प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले आज प्रस्तुत गरेको नयाँ बजेटमा मेची प्रादेशिक अस्पताललाई विस्तार गर्दै २०० शैया बनाउने घोषणा गरिएको छ ।

यस अघि १०० बेडको थियो यो अस्पताल । धनकुटा र पाँचथर जिल्ला अस्पतालको ५० शैयालाई समेत विस्तार गरेर १०० शैया पुर्याइने बजेटमा उल्लेख छ ।

प्रदेशभित्रका सबै जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि ४४ करोड बजेट विनियोजन गरेको छ ।

पछिल्लो समय प्रदेश सरकारको मातहतमा यो अस्पताल गएपछि शैया र भौतिक पूर्वाधार विकासमा उल्लेखनीय लगानी बढाइएको छ ।

संघीय सरकारले मेची अस्पताललाई रु. ९ करोड दिने घोषणा गरिसकेको छ भने हालै ५० शैयाको छुट्टै कोभिड अस्पताल बनाउने गरी भवन शिलान्यास समेत भइसकेको छ ।

अब मेची अस्पताललाई सरकारी मेडिकल कलेजको रुपमा विकास गर्न प्रस्ताव तयार भइरहेको समेत स्रोतले जनाएको छ ।

सरकारले मेची अञ्चलका चार जिल्लामध्ये कुनै एक स्थानमा सरकारी मेडिकल कलेज खोल्ने भएको छ । इलाम र पाँचथरमा यसका लागि प्रस्ताव गरिदै आए तापनि मेची अस्पताल नै सबैभन्दा उपयुक्त हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज