कालो पट्टि बाँधेर उपचार

  प्रकाशित मिति
३० बैशाख २०७३, बिहीबार ११:०७


eye

विर्तामोड । मेची आँखा अस्पतालले विना कारण कर्मचारी निष्काशित गरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको आह्वानमा विहीबारदेखि अस्पतालका स्वास्थ्यकर्मी एवम् कर्मचारीले हातमा कालोपट्टि बाँधेर काम गर्न थालेका छन् ।

अस्पतालले कर्मचारी नमुना भट्टराईलाई युनियनको सदस्यता लिएको आरोपमा व्यवस्थापनले गत बैशाख १ गते सेवाबाट हटाएको आन्दोलनरत यूनियनकी अध्यक्ष कविता कार्की कडरियाले बताइन् ।

कर्मचारी नमुना भट्टराईलाई पुनर्वहाली गराउन स्वास्थ्यकर्मीहरू आन्दोलित हुनु परेको उनले बताइन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यूनियनमार्फत बैशाख २८ गते आफ्ना माग व्यवस्थापन समक्ष बुझाएका थिए ।
यसैविच अस्पताल सञ्चालन समितिले आन्दोलनरत पक्षलाई शुक्रवार विहान वार्ताका लागि आउन पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: