मेची आँखा अस्पतालमै अब आँखा दान

  प्रकाशित मिति
६ चैत्र २०७४, मंगलवार १८:३९


बिर्तामोड । झापाको बिर्तामोड स्थीत मेची आँखा अस्पतालमा नै आँखा दान गर्न सकिने भएको छ । मानिसले दान गरेको आँखा उक्त मानिसको मृत्यु भैसके पछि अस्पतालको प्राविधिक टोलीले आँखाको बाहिरी पारदर्शी भाग निकालेर लैजाने ब्यवस्था गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा पुरुषोत्तम जोशीले बताए ।

आँखा दान सेवाका बारेमा जानकारी दिने उद्धेश्यले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा जोशीले मानिसको मृत्यु भएको ६ घण्टा भित्र आँखाको बाहिरी पारदर्शी भागलाई निकालेर आँखा बैंक पु¥याउन सके उक्त आँखाले अर्को मानिसले ज्योति पाउने बताए ।

तत्कालका लागि मेची आँखा अस्पतालले आँखा दानको प्रक्रिया पुरा गर्ने र मृत्यु भएका मानिसबाट झिकिएको आँखाको बाहिरी पारदर्शी भागलाई काठमाण्डौ स्थीत तिलगंगा आँखा अस्पतालमा रहेको आँखा बैंकमा राखिने ब्यवस्था मिलाईएको डा जोशीले पत्रकार सम्मेलनमा बताए ।

डा जोशीका अनुसार तिलगंगा आँखा अस्पतालको आँखा बैंकमा राखिएको आँखाको बाहिरि भागलाई आवश्यकता परेको बेला मेची आखाँ अस्पताल लगायत अन्य आँखा अस्पतालहरुले समेत प्रयोग गर्न पाउने छन ।

आँखा दान महत्वपूर्ण भए पनि यसका बारेमा आम नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको मेची आँखा अस्पतालका अध्यक्ष दिनेशकुमार मित्तलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: