मेची आँखा अस्पताल अध्यक्षमा मित्तल

  प्रकाशित मिति
२५ श्रावण २०७४, बुधबार २१:३९


बिर्तामोड । बिर्तामोडको मेची आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा दिनेश मित्तल चयन भएका छन्् ।

बुधबार अस्पतालको ९ औँ साधारणसभाले अध्यक्षमा मित्तललाई चयन गरेको हो । समितिको कोषाध्यक्षमा भीम गुरुङ चयन भएका छन्् । अन्य पदाधिकारी र सदस्यहरु यथावत रहने समितिका उपाध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

मेची आँखा अस्पतालका अध्यक्ष छत्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशी, पूर्व अध्यक्ष भरतलाल गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मेची आँखा अस्पताल नौ वर्षअघि नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले उद््घाटन गरेका थिए । सो अस्पतालमा नेपालका मात्र नभएर भारतको बिहार, आसाम, सिक्किम, पश्चिम बङ््गाल लगायतका स्थानबाट पनि उपचारका लागि बिरामीहरु आउने गरेका छन्् ।

अस्पताल समितिका उपाध्यक्ष जलकुमार गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुरेश बंशलले गरेका थिए ।
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: