मेची आम्दालाई जापनिज नागरिकको सहयोग

  प्रकाशित मिति
२९ असार २०७४, बिहीबार १६:०६


amda

मेचीनगर । मेची आम्दा अस्पताललाई एक जना जापानिज नागरिकले विहीवार १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

अन्तर्राष्ट्रिय आम्दा जापानका अध्यक्ष समेत रहेका जापानका डा. सिगेरु सुगानामीले मेचीनगरका नवनिर्वाचित मेयर तथा सो अस्पतालका अध्यक्ष विमल आचार्यलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्  ।

मेचीनगर–३ झापामा जापान सरकारको सहयोगमा स्थापित अस्पताल २०६५ सालदेखि सञ्चालनमा आएको छ ।

१५ शैय्याको रहेको यो अस्पताल सञ्चालन मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य सङ्घ र आम्दा नेपालको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।
यस अस्पतालमा झापाको मेचीनगर नगरपालिका र वरपरका बाहुनडाँगी, शन्तिनगर, धाइजन, ज्यामिरगढी, दुहागढी गाविससहित दक्षिण इलामको जिर्मले, कोलबुङ गाविसका लाखौँ बासिन्दाले उपचार सेवा पाउने गरेका छन् ।

३ जना एवीवीएस डाक्टर र २५ जना कर्मचारी रहको अस्पतालमा अध्यक्ष डा. सिगेरु सुगानामीले दिएको रकम अस्पतालकै स्तारोन्नतिमा खर्च गरिने मेयर आचार्यले बताए ।

मेयर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाता तथा कार्यक्रमको प्रमुख अतिथि डा.सुगानामी, उपमेयर मिना उप्रेती लगायतले बोलेका थिए ।

आम्दा सिङापुरका अध्यक्ष डा. लाउ नेपाल, आम्दाका अध्यक्ष डा वाइ पि सिङ्हलगायत उपस्थित रहेको कार्यक्रममा स्वागत मन्तव्य नगरपालिकाका कार्यकारी प्रमुख पशुपति खतिवडा र सञ्चालन गोपाल बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: