मेची उद्योग वाणिज्य सङ्घ

  प्रकाशित मिति
१० पुष २०७५, मंगलवार १०:२७


‘पुस २८ गते चुनाव’
मेचीनगर । मेची उद्योग वाणिज्य सङ्घको चुनाव आउँदो पुस २८ गते प्रस्ताव गरिएको छ ।

मेचीनगरका उद्योगी व्यवसायीको छाता संस्थाको रुपमा रहेको सङ्घको आगामी ३ वर्षका लागि यसपटकको साधारणसभाबाट नयाँ नेतृत्व चुनिनु पर्ने छ ।

कार्य समितिले आगामी पुस २८ गतेका लागि निर्वाचनको मिति प्रस्ताव गरेको हो ।

कार्य समितिले गरेको निर्वाचन मितिको प्रस्तावलाई पुस १६ गते हुने साधारणसभाले अनुमोदन गर्नु पर्ने छ ।

‘साधारणसभाले अनुमोदन गर्यो भने पुस २८ मै निर्वाचन हुन्छ’–कार्य समितिका एक पदाधिकारीले लोकतन्त्र पोस्टसँग भने ।

यसपटक चुनावमा भोट हाल्न र उम्मेद्वार बन्नका लागि स्थायी लेखा नम्बर (पान दर्ता) भएको व्यवसायी मात्र योग्य हुने छ ।

पान दर्ता नभएको व्यवसायी मतदाता नामावलीमा सूचीकृत हुनै सक्दैन ।

सङ्घका कार्यकारी अधिकृत गोपाल बस्नेतका अनुसार मतदाता बन्नका लागि सदस्यता नवीकरण गर्ने म्याद आज (सोमवार) सकिदैछ ।

आइतवारसम्ममा एक हजार ४५ जनाले मात्र सदस्यता नवीकरण गरेको बस्नेतले जानकारी दिए । म्यादभित्र चौध सय जतिले सदस्यता नवीकरण गर्ने सम्भावना बताइएको छ ।

उम्मेद्वार घोषणा ः
यसैविच सङ्घको अध्यक्ष पदमा मेचीनगर–१० धुलावारीका ललितकुमार बोहोराले उम्मेद्वारी घोषणा गरेका छन् ।

रामघाट दिब्यधाम समितिको अध्यक्ष रहँदा प्रशंसनीय कार्य गरेर सामाजिक चर्चा पाएका बोहोराले अब निजी क्षेत्रको नेतृत्व गरेर देखाउने सोच भएको बताएका छन् ।

उनले फेसबुकमार्फत स्व्तन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।

सङ्घको एक कार्यकाल निर्वाचित सदस्य भइसकेका उनी ललित बिजुली भण्डारका प्रोपाइटर हुन् । उनी केही वर्ष अघिको चुनावमा उद्योग उपाध्यक्ष पदमा उम्मेद्वार बनेका थिए ।

कल्पवृक्ष कृषि सहकारीका अध्यक्ष बोहोराले बोहोरा बन्धु प्रतिष्ठानको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी पूरा गरिसकेका छन् ।

बाणिज्य सङ्घको चुनावमा तटस्थ व्यक्तिको नेतृत्व आम व्यवसायीहरुले चाहेका कारण साथीहरुकै सल्लाहले आफुले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको उनले लोकतन्त्र पोस्टसँग बताएका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: