मेची कृषकको पद हस्तान्तरण

  प्रकाशित मिति
२७ माघ २०७६, सोमबार १९:४५


इटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्थाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

मेचीनगर–५ स्थित संस्थाको पोस्ट हार्भेस्ट परिसरमा राष्ट्रिय सहकारी महासङ्घ सदस्य तथा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निर्वाचन समिति संयोजक धनराज भण्डारीले आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हरि बुढाथोकीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

संयोजक भण्डारीले सर्वसम्मत निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरे भने निवर्तमान अध्यक्ष तुलसीराम पौड्यालले नवनिर्वाचित अध्यक्ष बुढाथोकीलाई पद हस्तान्तरण गरे ।

१२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कुलदिप गिरी, सदस्यहरुमा रुपसागर अधिकारी, माधव आचार्य, सूर्य अधिकारी, निरप्रसाद गौतम, टिकाराम ढकाल, टिकाराम न्यौपाने, दुर्गादेवी काफ्ले, साजना श्रेष्ठ र सुमित्रा अधिकारी छन् ।

त्यसैगरी, विष्णुलाल गिरी संयोजक रहेको लेखा समितिमा देवबहादुर खड्का र भावनाथ दाहाल सदस्य छन् ।

अवसरमा प्रमुख अतिथि ढकालसहित मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापा मगर, मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, संस्थाका उपाध्यक्ष दुर्गा सापकोटालगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष तुलसीराम पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: