मेची कृषक सहकारीको सेवा केन्द्र विस्तार हुने

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार १२:४९


sahakari-logo

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाले सेवा केन्द्र विस्तार गर्ने भएको छ ।

संस्थाले विहीबार मेचीनगर १० काँकरभिट्टाको सुन्दरटोलमा सेवा केन्द्रको स्थापना गर्ने भएको हो । केन्द्रको उद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गर्ने भएको संस्थाका उपाध्यक्ष दुर्गा सापकोटाले बताए ।

२०५६ सालमा स्थापना भएको संस्थामा हाल ५ हजार ८ सय शेयर सदस्य रहेका छन् । संस्थाले यस अघि बाहुनडाँगी ४ भृकुटीमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । संस्थाले आफ्नो कार्यक्षेत्र भित्र सेवा केन्द्र विस्तार गर्ने लक्ष्य लिएको उपाध्यक्ष सापकोटाको भनाई छ । सहकारीको यो दोस्रो सेवा केन्द्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: