मेची क्याम्पसले पायो क्युएए

  प्रकाशित मिति
२४ फाल्गुन २०७६, शनिबार १९:४६


भद्रपुर । मेची बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्ययन (क्युएए) प्राप्त गरेको छ ।

विगत एक दशकदेखि विकेन्द्रीकरण हुँदै तीनबर्ष अघि स्वायत्तमा गएको मेची बहुमुखी क्याम्पसलाई शुक्रबार विश्वविद्यालय अनुदान आयोगको कार्यालय सानोठिमी भक्तपुरमा आयोजित विशेष समारोहकाबीच गुणस्तर सुनिश्चितता प्रत्ययन (क्युएए) प्राप्त गरेको हो ।

आयोगका अध्यक्ष प्रा.डा.भीम सुवेदीले क्याम्पस प्रमुख कमल गुरागाईलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । क्याम्पस प्रमुख गुरागाईले क्याम्पसमा कार्यरत सबै प्राध्यापक, कर्मचारी, विद्यार्थी, व्यवस्थापन समिति र पूर्ववर्ती क्याम्पस प्रमुखहरुको पनि सहयोग र सद्भावले क्याम्पसले क्युएए प्राप्त गरेकोमा सबैलाई धन्यवाद दिएकाछन् ।

वि.सं.२०२१ सालमा स्थापित यस क्याम्पसमा हाल मानविकी , व्यवस्थापन, विज्ञान विषय, ५ वटा विषयमा स्नातकोत्तर कक्षाका साथै व्यवसायिक हिसावका विविए, विसिए, विएससि सिएस, आइटि र विएसडब्लु विषयमा स्नातक तहको पठनपाठन भइरहेको छ ।

पठनपाठन, उत्तिर्ण प्रतिशत, पर्याप्त भौतिक सुविधा, पुस्तकालयमा आवश्यकीय पर्याप्त पुस्तक र इ–लाइब्रेरी, योग्य शिक्षक, राम्रो व्यवस्थापनका आधारमा अयोगको क्युएए काउन्सीलको सिफारिसमा कुनै पनि शैक्षिक प्रतिष्ठानलाई विश्वविद्यालय अनुदान आयोगले क्युएए प्राप्त गरेको छ ।

सोही समारोहमा शुक्रबारै ललितपुरको पुल्चोक क्याम्पस र काठमाडौँको बर्नहार्ट क्याम्पसले पनि गुणस्तर प्रमाणपत्र पाएका छन् । क्युएए प्रमाणपत्र पाएपछि विश्वमै यस क्याम्पसबाट उत्तीर्ण हुने विद्यार्थीको महत्वबढी हुनेछ ।

क्युएए ५ बर्षका लागि दिइएको छ । ५ बर्षपछि क्याम्पसले अहिलेको सुविधा र व्यवस्था कायम राख्न सकेमा नवीकरण हुनेछ नभए क्युएए खोसिने छ । यसअघि दमक क्याम्पसले पनि क्युएए प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: