मेची क्याम्पस प्रमुखमा जीवन पोखरेल

  प्रकाशित मिति
२६ चैत्र २०७६, बुधबार १६:१८


भद्रपुर, २६ चैत । मेची बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीवन पोख्रल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का चैत्र २५ गतेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

२०४७ चैत्र ७ गतेबाट मेची बहुमुखी क्याम्पसमा प्राध्यापन शुरु गरेका पोखरेल यस अघि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए ।
मंगलवार पदभार ग्रहण गर्दै नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले समयानूकुल प्राविधिक र गुणस्तरीय शिक्षाका लागि आफूले पहल गर्ने बताए । शैक्षिक विकास र स्तरोन्नतिको गहन जिम्मेवारी प्राप्त भएको वताउँदै विश्ववजारमा माग हुने गरी क्याम्पसले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

क्याम्पस र विद्यार्थीको हितमा आफूले काम गर्ने उल्लेख गर्दै उनले क्याम्पसलाई पूर्वको प्राविधिक विषय अध्ययन गर्ने भरपर्दो शैक्षिक संस्थाका रुपमा स्थापित गर्न सवै क्षेत्रले सहयोग र सदभाव राख्नु पर्ने बताए ।

उमेर हदका कारण सेवा निबृत्त भएका पूर्व क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईँले कुर्सी खाली राख्नु हुदैन भन्ने मान्यताका साथ कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेको समयमा पनि कार्यभार सुम्पेको वताए ।

क्याम्पसको विकासमा सवैको भूमिका रहेको स्मरण गर्दै क्याम्पसले प्राप्त गरेको क्युएएको इज्जत थाम्न सवैले भूमिका निर्वाह गर्नु पर्ने उनको धारणा थियो । नवनियुक्त क्याम्पस प्रमुखलाई बधाई दिदै उनले आफूले उमेर हदका कारण जिम्मेवारी छोडे पनि क्याम्पसलाई आवश्यक परे आफू सहयोग गर्ने तयार रहेको बताए ।

नवनियुक्त क्याम्पस प्रमुखले आफूले शुरु गरेका अधुरा कामलाई निरन्तरता दिने विश्वास ब्यक्त गर्दै उनले क्याम्पसले योग्य र कर्मठ प्रमुख पाएकोमा खुशी व्यक्त गरे ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. पृथ्वीविक्रम राई, पूर्व क्याम्पस प्रमुख टीका प्याकुरेललगायतको उपस्थितिमा नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: