मेची क्राउनका बलराम भन्छन्–‘बैंक डुबाउन आयो भन्थे, अहिले मेचीकै ताज बनायौं’

  प्रकाशित मिति
१२ आश्विन २०७९, बुधबार २०:२३


मेची क्राउनमा केक काटेर स्थापनाको दोस्रो वर्ष मनाउदै सञ्चालकहरु ।

धुलाबारी, १२ असोज । झापाको मेचीनगरमा सञ्चालित प्रदेश नम्बर १ कै पहिलो पाँचतारे होटल मेची क्राउनले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ ।

मेचीनगर वडा नं. ७ धुलाबारीमा नन्दा नदीको किनारमा क्राउनको आलिशान महल खडा छ, । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको यो होटल पूर्वीनाका काँकरभिट्टाबाट पाँच किलोमिटर नजिक छ ।

मंगलवार दोस्रो वार्षिक उत्सवका अवसरमा होटलले सांगीतिक पार्टीको आयोजना गरेको थियो । कार्यक्रममा पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेश सांसद् श्रीप्रसाद मैनाली, सामाजिक संघ संस्थाका अगुवा, स्थानीय पत्रकार र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै होटलका सञ्चालक बलराम सापकोटाले दुई वर्ष अघिका घटनाहरुको स्मरण गर्दै होटल खोल्न आउँदा सुरुमा बैंक डुबाउन काठमाडौंबाट आएको भनेर आफुहरुमाथि आरोप लगाइएको तीतो अनुभूति सुनाए ।

‘यहाँ यति ठूलो होटल बन्ला भन्ने कसैले सपनामा पनि सोचेको थिएनन्,’ सापकोटाले सुनाए–‘तर, हामी नेपालकै सबैभन्दा पाँचतारे होटल चलाउन सकिन्छ भनेर झापा आउँदा बैंक डुबाउन काठमाडौंबाट आएका मान्छे भन्दै दुष्प्रचार गर्न खोजियो ।’
उनले अहिले साविक मेची अञ्चल, झापाको आदिबासी मेचे समुदाय र मेची नदीको नामबाट होटल खोलेर नेपालकै ताज (क्राउन) बनाउन सकेको बताए ।

कुनै दिन दिल्लीको एउटा साथीले ‘धुलाबारी बहुत अच्छा जग्गा हैं, लेकिन बागडोग्रासे दूर है’ भनेर प्रशंसा गरेपछि आफुमा धुलावारीमै पाँचतारे होटल खोल्ने सपना अंकुराएको सञ्चालक सापकोटाले सुनाए ।

बलिउडका सुपरस्टार अमिताबच्चन नै सपिङका लागि कुनै बेला धुलाबारी बजारमा आएको सुनेको उल्लेख गर्दै उनले अहिले चौतर्फी वेवास्ताका कारण धुलाबारी बजार सुनसान बनेको बताए । धुलाबारी र सीमावर्ती बजारलाई पहिलेको भन्दा चलायमान बनाउन मेचीको नयाँ पुल शीघ्र सञ्चालनमा ल्याउनु पर्ने सापकोटाको आग्रह थियो ।

कार्यक्रममा होटलका अध्यक्ष पवित्रकुमार कार्कीले ठूलो जोखिम मोलेर स्थापना गरिएको होटल मेची क्राउन अहिले सबै मेचीनगरबासीको गौरव बन्न पुगेको देख्दा खुशी लागेको बताए ।

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले उद्घोषण गरेको वार्षिकोत्सव कार्यक्रममा सांस्कृतिक गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
होटलमा क्यासिनो भेगास, हेल्थ क्लब, १२१ लक्जरी रुम, बार, बेकरी, सगरमाथा र कञ्चनजंघा सभाहल, बैङ्क्वेट, स्पा आदि सुविधा रहेका छन् ।

मेचीनगरका निवर्त्तमान मेयर बिमल आचार्य मेची क्राउनमा । फोटो सौजन्य : मेची क्राउन

पूर्वराजा ज्ञानेन्द्र शाह मेची क्राउनमा । फोटो सौजन्य : मेची क्राउन

दुबईका शेखलाई सम्मान गर्दै । फोटो सौजन्य  मेची क्राउन

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: