मेची नेत्रालयको सहयोग

  प्रकाशित मिति
८ असार २०७४, बिहीबार १९:४८


eye

काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टाले १० औँ वार्षिकोत्सवको अवसरमा स्थानीय काँकरभिट्टा माविका दुई सय विद्यार्थीलाई विहीवार व्याग दिएको छ ।

आँखाको भरपर्दो उपचारसँगै अन्य सेवामूलक कार्य गर्दै आएको नेत्रालयले विद्यालय परिसरमै पुगेर गरिब तथा विपन्न विद्यार्थीलाई व्याग वितरण गरेको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा.शरदचन्द राई र प्रशासन प्रमुख पुनम राईले सयुक्तरूपमा विद्यार्थीलाई व्याग वितरण गरेका हुन् ।

व्याग वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमर राई, विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौला, अस्पतालका डाइरेक्टर डा. शरदचन्द्र राई, पुनम प्रधानलगायतले बोलेका थिए ।

वार्षिकोत्सव मनाउँदै गरेको सो अस्पतालले असार ११ गतेदेखि १६ गतेसम्म सबै खालका आँखा उपचार सेवामा २५ प्रतिसत छुटको व्यवस्था गरेको डा.राईले जानकारी दिए । जेष्ठ नागरिक सम्मानसहित विपन्न वर्गका मानिसको निःशुल्क आँखा उपचार गर्ने समेत उनले बताए ।

विगत दस वर्षदेखि आँखाको गुणस्तरीय सेवा प्रदान गर्दै आएको मेची नेत्रालयले जेष्ठ नागरिक र १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क परामर्श सेवा समेत दिँदै आएको छ । ५० शैयाको सो अस्पतालमा ६३ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा ७० प्रतिसत भारतीय नागरिक आँखा उपचारका लागि आउने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: