काँकडभिट्टा गोल्डकपको उपाधि आर्मी क्लवलाई

  प्रकाशित मिति
१५ मंसिर २०७४, शुक्रबार १८:५०


 

मेचीनगर । मोफसलकै सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

आज भएको फाइनल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्वललाई टाइव्रेकरमा ३—२ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । जितसँगै आर्मीले नगद ८ लाख १ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्वले नगद ४ लाख १ हजारमा चित्त बुझायो । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएका दुवै टिमले निर्धारित समयसम्म स्कोर गर्न नसक्दा निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

आर्मीका सन्तोष तामाङ, नवयुग श्रेष्ठ र विवेक बस्नेतको प्रहार मनाङका गोलरक्षक दिनेश थापा मगरले नियन्त्रणमा लिन सकेनन् । जितेन्द्र कार्कीको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो भने पदम तामाङको प्रहार विपक्ष टिमका गोलरक्षकले पञ्च गरेर बाहिर फ्याँकिदिएका थिए । मनाङका विमल बस्नेत, हेमन गुरुङको मात्र प्रहार गोलमा परिणत भएको थियो । अनिल गुरुङ र निराजन मल्लको प्रहार आर्मीका विकास कुथु बचाएका थिए ।

खेलको म्यान अफ दि म्याच आर्मीका विकास खवास घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
उदीयमान खेलाडीको उपाधि नगद १० हजार आयोजकका मिलन राई ,उत्कृष्ट गोलकिप्पर आर्मीका विकास कुथुले २० हजार, उत्कृष्ट रक्षक आयोजकका भुषण राईले २० हजार, उत्कृष्ट मिडफिल्डर मनाङका विशाल राईले २० हजार उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवासले २० हजार, सर्वाधिक गोलकर्ता आर्मीका दिनेश हेन्जनले २५ हजार, प्रतियोगिताभरिको उत्कृष्ट खेलाडी मनाङका गोलरक्षक दिनेश थापा मगरले ५१ हजार र उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपानेले २० हजार रुपैयाँ र ट्रफि प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, जिल्ला खेलकुद विकास समिति भाmपाका अध्यक्ष शंकर थापा, प्रथम पुरस्कारको सौजन्यकर्ता मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्र प्रकाश राई, जिल्ला फुटबल संघ झापाका अध्यक्ष जलकुमार गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
गत शनिबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहित रमपम झापा–११, अग्नी रुपन्देही–११, मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, हिमालयन शेर्पा क्लब, सुदूर पश्चिम–११ र भारत कोलकाताको सुभाष चन्द्र बोइज क्लबको सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: