मेची नेत्रालय गोल्डकपको नाफा ७ लाख

  प्रकाशित मिति
८ चैत्र २०७३, मंगलवार ११:३७


3 (2)

काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले गत पुसमा काँकरभिट्टामा आयोजना गरेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकप २०७३ को दोस्रो संस्करणको आयव्यय सार्वजनिक गरेको छ ।

सोमवार सेन्टरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आयव्यव सार्वजनिक गरिएको हो । सेन्टरका कोषाध्यक्ष नोर्वु शेर्पाले प्रतियोगितामा कुल ७ लाख ३६ हजार ३ सय ८३ रुपैयाँ बचत भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । कोषाध्यक्ष शेर्पाले प्रतियोगितामा कुल ३९ लाख २३ हजार ४ सय  ६३ आम्दानी भएको र ३१ हजार ८७ हजार ८० रुपैयाँ खर्चको भएको जानकारी दिए ।

सेन्टरले काँकरभिट्टा माविको खेल मैदान सम्भारका लागि ५ लाख खर्च गरेको छ । पत्रकार सम्मेलनमा खेलकुदको विकास गर्न मर्मत गरिएको मैदानको संरक्षण नहुँदा दुःख लागेको बताएका थिए ।

मेची नेत्रालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा मेची बस व्यवसायी सङ्घ काँकरभिट्टा सहप्रायोजक रहेको थियो । नेत्रालयले ५ लाख र मेची बस व्यवसायी सङ्घले २ लाख तथा समाजसेवी नरेन्द्र मेचेले २ लाख रुपैयाँ सहयोग गरेको सचिव लाक्पा तामाङले बताए ।
सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले विभिन्न दाताहरूबाट प्राप्त भएको रकमले प्रतियोगिता सफल भएको र आगामी दिनमा समेत अझ ठूलो राशीको प्रतियोगिताको आयोजना गर्ने हौसला बढेको बताए । उनले खेल अवधिभर सहयोग गर्ने विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था तथा सञ्चारकर्मीलाई धन्यवाद दिएका थिए ।

यसैगरी सेन्टरले हरेक वर्ष दुईजना पत्रकारलाई सम्मान गर्ने भएको छ । सेन्टरले आयोजना गर्ने हरेक गतिविधिलाई प्रचार गर्न योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने अध्यक्ष मिन बस्नेतले बताए । यो वर्ष खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी र फोटो पत्रकार कृष्ण सिँजालीलाई सम्मान गरिएको छ । उनीहरूलाई नगद ५ हजार ५ सय र सम्मान पत्रद्वारा सम्मान गरिएको हो । यसैगरी, झापा ११ का खेलाडी नगेन लिम्बूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यव्रmममा सल्लाहकार दिपक कार्की, सहयोग समितिका सदस्य राजु कार्की, मेची फुटबल क्लबका सचिव कर्णबहादुर थापा (राजा), सेन्टरका सचिव लाक्पा तामाङलगायतको उपस्थिति रहेको थियो । सल्लाहकार गङ्गालाल गुरुङले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सल्लाहकार शेरबहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: